ताजिकिस्तानबिरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा


१८ आश्विन २०७४, बुधबार
NEPALI FOotball team

काठमाडौं: अखिल नेपाल फुटबल संघ एन्फाले एएफसी एसियन कप छनौट अन्तर्गत ताजिकिस्तानसँग खेल्ने नेपाली फुटबल टोलीको घोषणा गरेको छ । आगामी असोज २४ गते ताजिकिस्तानमा हुने खेलका लागि मूख्य प्रशिक्षक ग्योतोकु कोजीले नेपाली टिम छनौट गरेका हुन् ।NEPALI FOotball team

यसअघि एन्फा मैदानमा भदौ २० गते भएको ताजिकिस्तानबिरुद्ध खेलेकै टोलीका अघिकांश खेलाडीले यस टिममा पनि स्थान बनाएका छन् । त्यस खेलमा नेपाल २-१ ले पराजित भएको थियो ।

नेपाली टोलीका सदस्यहरुमा

गोलरक्षकः किरणकुमार लिम्बु, एलन न्यौपाने र बिकेश कुथु

डिफेण्डरः बिराज महर्जन, देवेन्द्र तामाङ, अनन्त तामाङ, दिनेश राजवंशी, जितेन्द्र कार्की, आदित्य चौधरी, कमल श्रेष्ठ र राजेन्द्र रावल

मिडफिल्डरः  बिशाल लाई, हेमन्त थापामगर र सुजल श्रेष्ठ,सुनिल बाल, हेमन गुरुङ, रोहित चन्द, बिक्रम लामा

स्ट्राइकरः बिमल घर्तीमगर, जर्ज प्रिन्स कार्की, नवयुग श्रेष्ठ, भरत खवास र अञ्जन विष्ट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७