बाबुरामको आँखामा नेपाल : २५ विकसित देशमा पर्ने नेपाल राणा र शाहकालले पछि पर्‍यो


३१ जेष्ठ २०७६, शुक्रबार
Dr Babu Ram Bhattarai

काठमाडौं, ३१ जेठ । नेपाल उद्योग परिसंघको युवा उद्यमी मञ्चले आयोजना गरेको ‘बाबुराम भट्टराईको आखाँबाट नेपाल’ भन्ने शीर्षकको अन्तरक्रियामा पूर्व प्रधानमन्त्री एवम् समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले युवा उद्यमीहरुलाई राजनीतिकमा आमन्त्रण गरेका छन् ।

अन्तरक्रियाको मुख्य उद्देश्य पूर्व प्रधानमन्त्री भट्टराईको राजनीतिक जीवनको अनुभव र उनले नेपालको अबको भविष्य कस्तो देखेका छन् भन्नेबारे थियो । नेपाल किन बाँकी विश्वभन्दा धेरै पछाडि परेको भन्ने युवा उद्यमीहरुको प्रश्नमा पूर्व प्रधानमन्त्री भट्टराईले केही ऐतिहासिक तथ्यहरु प्रस्तुत गरेका छन् ।

 

baburam

उनले भने, ‘अठारौँ शताब्दीमा नेपाल २५ वटा विकसित देश भित्र पथ्र्यो । तर शाह तथा राणा शासनकालमा नेपाल बाँकी विश्वसँग अलग रही नागरिकको ओहोर दोहोर नहुँदा प्रगति रोकिन पुग्यो । तर अहिले नेपाल विकासको बाटोमा अघि बढेको छ ।’

चीन र भारतको बीचमा रहेकाले नेपाललाई दुई देश बीचको गतिशिल पुलको रुपमा आर्थिक विकास गर्ने अवसर प्राप्त भएको पनि उनले बताएका छन् । चीनसँगको सम्बन्धले महत्व राखे पनि भारतसँगको ऐतिहासिक, भौगोलिक सांस्कृतिक र आर्थिक सम्बन्धले भारतसँग नेपाल थप नजिक रहेको पनि पूर्व प्रधानमन्त्री भट्टराईले बताएका छन् ।

उनले निर्वाचित राष्ट्रपतीय प्रणालीले नेपाललाई फाइदा पुग्ने आफ्नो विश्वास रहेको पनि दोहोर्‍याए । छलफलका क्रममा नेपालको भविष्य सकारात्मक रहेकोमा पूर्व प्रधानमन्त्री भट्टराईको जोड थियो । कार्यक्रमको प्रारम्भमा नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले डा. भट्टराईको स्वागत गर्दै देशको हातमा उद्योग व्यवसायको वस्तुस्थितिबारे परिसंघको धारणा व्यक्त गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७