‘समाजवादको मोडल तयार पारेर विश्वलाई सन्देश दिन्छौं’


१७ आश्विन २०७४, मंगलवार
Parchanda

Parchanda
काठमाडौं : माओवादी केन्द्र अध्यक्ष प्रचण्डले समाजवादको नयाँ मोडल तयार पारेर विश्वलाई नै सन्देश दिने उद्देश्यबाट तीन दलको एकता प्रक्रिया सुरु भएको बताएका छन् । नेपालबाट समाजवादको नयाँ मोडल सुरुवात गर्न लागिरहको उनको भनाई छ ।

प्रचण्डले नयाँ संविधानले समाजवाद उम्मुख राज्यको परिकल्पना गरेकाले कम्युनिष्टबीचको एकीकरण समाजवाद निर्माण गर्ने आधार बताएको दाबी गरे । मंगलबार एमाले र माओवादीबीच चुनावी तालमेल तथा पार्टी एकता घोषणासभामा बोल्दै प्रचण्डले  पार्टीले एउटै कम्युनिष्ट पार्टी निर्माण गर्न थालेको पूरा नभए पनि अहिले यो अधुरो काम पूरा हुन लागेको बताए । ‘कहिलेकाही राजनीतिमा असम्भव भनिएको काम सम्भव हुन्छ र कहिलेकाही सम्भव ठानिएको काम पनि हुँदैन’, प्रचण्डले भने,‘यो ऐतिहासिक आवश्यकताले जन्मिएको परिस्थिति हो ।’

गठबन्धन कसै विरुद्ध होइन

अध्यक्ष प्रचण्ण्डले तीन पार्टीबीच भएको गठवन्धन कसै विरुद्ध नभएको बताए । कम्युनिष्ट पार्टीहरुबीचको एकता र चुनावी तालमेल कुनै पार्टी वा शक्तिविरुद्ध लक्षित नभएको उनको भनाई छ । भने, ‘म प्रष्ट पार्न चाहान्छु यो सहमति कांग्रेसविरुद्ध लक्षित छैन । जनता र राष्ट्रको पक्षमा छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७