मधेशी जनताको भावनानुसार संविधान संशोधन हुन्छः देउवा


१६ आश्विन २०७४, सोमबार

नवलपरासी: नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश र संघीय निर्वाचन भएमा संविधानको पूर्ण कार्यान्वयन हुने र लोकतन्त्रले स्थायित्व पाउने भएकाले यसका लागि सबै एक जुट भई लाग्नुपर्ने बताएका छन्।pm

रुपन्देहीको मझगाँवामा कांग्रेस रुपन्देहीद्वारा सोमबार आयोजित पार्टी प्रवेश तथा आमसभालाई सम्बोधन गर्दै देउवाले ठूलो पार्टीले मात्र संविधान संशोधन गर्नसक्ने भएकाले अब हुने सबै निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउन आह्वान गरे। उनले अब काँग्रेसको नेतृत्वमा मधेशी जनताको हित र भावनानुसार संविधान संशोधन हुने उल्लेख गरे।

कार्यक्रममा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको पूर्ण कार्यान्वयनका लागि कांग्रेसले अब मधेशीसहित सबै वर्गको चाहनानुसार संविधानलाई संशोधनमार्फत पूर्णता गराउने प्रतिबद्धता व्यक्त गरे। नेता पौडेलले अब देशको विकास, गाउँको विकास र जनताको विकासमा कांग्रेस लाग्ने बताए।

कांग्रेस महामन्त्री डा शशांक कोइरालाले विकासका कामलाई पूर्णता दिने काम अब कांग्रेसको काँधमा आएको जिकिर गरे। सो अवसरमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँण, डा मीनेन्द्र रिजाल, पूर्वअर्थराज्यमन्त्री भरतकुमार शाहलगायतले आफ्ना धारणा राखेका थिए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७