मोदी चुप रहे राष्ट्रिय पुरस्कार फिर्ता गर्ने अभिनेता राजको चेतावनी


१६ आश्विन २०७४, सोमबार
मोदी राज

 

 

 

एजेन्सी: चर्चित भारतीय अभिनेता प्रकाश राजले गौरी लंकेश हत्याबारे मोदी चुप रहिरहे आफूले प्राप्त गरेका पाँच राष्ट्रिय पुरस्कार फिर्ता गर्ने बताएका छन्। उनले मोदी आफूभन्दा ठूलो अभिनेता बन्न खोजिरहेको आरोप पनि लगाए।मोदी राज

‘गौरी लंकेशका हत्यार समातिएलान् वा नसमातिएलान्, तर उनको हत्यामा एउटा ठूलो भीड सामाजिक सञ्जालमा खुसी भनाइरहेको छ,’ राजले बेंगलुरुमा भने, ‘हामी सबैलाई थाहा छ, ती को हुन्, तिनको विचार के हो। त्यसरी खुसी मनाउनेमध्ये केहीलाई नरेन्द्र मोदीले फलो गरेका छन्। यही कुराले म चिन्तित हुन्छु, हाम्रो देश कता गइरहेको छ ?’

‘आफ्ना अनुयायीका कृत्यप्रति चुप बसेर उनी मभन्दा ठूलो अभिनेता बन्ने कोसिस गरिरहेका छन्,’ उनको भनाइ डेक्कन क्रोनिकल्सले उधृत गरेको छ, ‘म प्रधानमन्त्रीको मौनताबाट चिन्तित छु।’उनले मोदीले आफ्नो मौनतालाई निरन्तरता दिए आफ्ना पाँच राष्ट्रिय फिल्म पुरस्कार पनि फिर्ता गर्ने बताए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७