अध्यक्ष हेमप्रताप गुरुङलाई मातृशोक


१५ आश्विन २०७४, आईतवार
Hem Gurung Mom

काठमाडौं : नयाँ पेज प्रा.लिका संस्थापक अध्यक्ष एंव नयाँ पेज डटकमका प्रबन्ध निर्देशक हेमप्रताप गुरुङलाई मातृशोक परेको छ । गोरखा भूतपूर्व सैनिक संघ (गेसो) हङकङका अध्यक्ष एंव ब्रिटिस गोरखा भूतपूर्व सैनिक संघ हङकङका अध्यक्ष समेत रहनु भएका गुरुङको आमा पञ्चकुमारी गुरुङको उपचारको क्रममा काठमाडौंमा निधन भएको हो ।

 ८२ बर्षिय गुरुङ लामो समयदेखि उपचाररत रहनु भएको थियो। उहाँको श्रीमान् तीन भाई छोरा र तीन बहिनी छोरी हुनुहुन्छ । अध्यक्ष गुरुङ उहाँको जेठो सन्तान हुनुहून्छ ।  उहाँको अन्तिम संस्कार १६ साउन २०७४ पशुपति आर्यघाटमा गरिएको छ ।

आमाप्रति नयाँ पेज परिवार भावपूर्ण श्रद्धान्जली व्यक्त गर्दछ । अध्यक्ष गुरुङ लगायत शोकाकुल परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछ । गोरखा भूतपूर्व सैनिक संघ (गेसो)का केन्द्रीय सभापति कृष्णकुमार राईले आमाप्रति श्रद्धान्जली व्यक्त गर्नु भएको छ ।

……………………………………………………………………………………………………………………………………………………………………

Hem Pratap Gurung Mom 1 nayapage

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७