बल्खुमा भिषण आगालागी, ४० घर नष्ट


१५ आश्विन २०७४, आईतवार
balkhu agni बल्खु अगालागी 1

काठमाडौं : बल्खु कुलेश्वरस्थित फलफूल बजार अगाडि सुकुम्बासी बस्तीमा गए राति ११ बजेतिर शुरु भएको भीषण आगलागीमा हालसम्म कम्ती ४० घर नष्ट भएका छन् । मानबहादुर विकको घरबाट दियो बाल्दाबाल्दै शुरु भएको आगलागीमा करिब १५ वटा ग्यास सिलिण्डर पनि पड्केका थिए । डेरामा बस्ने तीनजनालगायत सबैका खाद्यान्न, लत्ताकपडा सबै जलेको स्थानीयवासी श्यामदास पाण्डेले बताएको छ । आगलागीमा एक चर्च पनि परेको स्थानीयवासीले बताएका छन् । नेपाली सेनाका पाँच वटा दमकलले आगलागी नियन्त्रणमा लिएका थिए ।रासस

 

balkhu agni बल्खु अगालागी 1

balkhu agni बल्खु अगालागी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७