मुम्बई रेल्वे स्टेसनमा भागदौड हुँदा २२ को मृत्यु, दर्जनौँ घाइते


१३ आश्विन २०७४, शुक्रबार
mumbai railway

नयाँ दिल्ली(एजेन्सी) : मुम्बईमा शुक्रबार बिहान अकस्मात भागदौड मच्चिएपछि २२ जनाको मृत्यु भएको छ । भारी वर्षासँगै बढी भिड रहेको अल्फिन स्टोन स्टेसनमा बिहान १०ः३० बजे सो घटना भएको हो । उक्त भागदौडमा परी अरु दर्जनौँ व्यक्ति घाइते भएका छन् ।

mumbai railway

भीडमा च्यापिएर र भाग्ने क्रममा भूइँमा लड्दा अर्कोले किचेर उनीहरुको ज्यान गएको र अरु केही नराम्ररी घाइते भएका बताइएको छ । ती घाइतेको स्थानीय अस्पतालहरुमा उपचार जारी रहेको छ । टेलिभिजनहरुले सर्वसाधारण व्यक्तिहरु भूइँमा लडेका, कतिपयले उनीहरुलाई उठाएर अस्पताल लाने तरखर गरेका र कतिपयलाई घटनास्थलमै पानी छम्किएर र प्राथमिक उपचारबाट निको पार्ने कोशिस गरेका दृश्यहरु देखाएका थिए ।

भारतीय आर्थिक राजनीति मानिने मुम्बई सहर नजिकैको एक स्थानीय रेल स्टेशनमा रहेका व्यक्तिहरुमा एक्ककासी भागदौड सुरु भएको थियो ।

भारतीय रेलमन्त्रीले पियुस गोयलले उक्त दुर्घटनाप्रति दुस्ख व्यक्त गरेका छन्। उनले घटनाको छानबिनको आदेश दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७