अष्ट्रेलियाका नेताहरुद्धारा नेपालीलाई दशैंको शुभकामना


१३ आश्विन २०७४, शुक्रबार
DASHAIN WISHES FROM BILL SHORTEN

काठमाडौं : नेपालीहरुको महान चाड दशैंको अवसरमा अष्ट्रेलियाका विपक्षी दलका नेताले शुभकामना ब्यक्त दिएका छन् । लेबर पार्टीका नेता बिल सर्टनले बडा दशैं नेपालीको महत्वपूर्ण पर्व भएको बताउँदै सबै नेपालीहरुलाई शुभकामना ब्यक्त गरेका हुन् ।

DASHAIN WISHES FROM BILL SHORTEN

बिज्ञप्तिमा उनले यो पर्वले नेपालीहरुका लागि अत्यन्तै महत्वपूर्ण रहेको र यसले परिवार तथा साथीभाईहरुलाई एकआपसमा ल्याउने विश्वास ब्यक्त गरेका छन् । ‘म कामना गर्छु दशैंले सबै परिवारहरुमा सुख शान्ति, समृद्धि र सुस्वास्थ्य ल्याउनेछ’, उनले भनेका छन् । अष्ट्रेलियामा प्रधानमन्त्री, विपक्षी दलका नेतालगायतले नेपाली पर्वहरुलाई महत्व दिंदै आएका छन् ।

यस्तै उक्त दलकी नेतृ तथा नेपाली समुदायसँग नजिक रहेकी मिसेल रोलेण्डले समेत दशैंको शुभकामना ब्यक्त गरेकी छिन् । उनले समेत दशैंले नेपाली समुदायहरुलाई एकस्थानमा ल्याउने र आफ्नो पर्व धुमधामसँग मनाउने विश्वास ब्यक्त गरेकी छिन् ।

नेपालीहरुको महान पर्व दशैं मनाउनका लागि दक्षिण अष्ट्रेलियामा रहेको संसद भवनमा नेपालीहरुलाई निमन्त्रणा नै गरिएको छ । संसदीय समितिका अध्यक्ष रसल वाट्लीले पठाएको निमन्त्रणामा नेपालीहरुलाई एकआपसमा दशैं मनाउन र टीका थाप्न आग्रह गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७