भीआईपीकाे भाइटीका (फोटो फिचर)


४ कार्तिक २०७४, शनिबार
Ex King sha

काठमाडौं :  यमपञ्चक अर्थात् तिहारको पाँचौं एवं अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदी बहिनीलाई यश, ऐश्वर्य र दीर्घायुको कामना गर्दै आआफ्नो परम्पराअनुसार पञ्चरंगी वा सप्तरंगी टीका लगाइदिएर मनाइएको छ ।

सामान्य मानिसले भाइटीका लगाउँदा साइतको आवश्यक्ता नपर्ने भएपनि साइत नै खोजेर टीका लगाउन खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक समितिले बिहान ११ बजेर ५१ मिनेटको साइत दिएको थियो । भाइटीकाको अवसरमा शनिबार राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीदेखि विभिन्न नेताहरुले टीकाग्रहण तथा लगाइदिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले टीकाको उत्तम साइत ११ः५१ बजे आफ्ना भाइ डेगेन्द्र पाण्डेलाई टीका लगाइदिएकी छिन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आफेनो निवास बुढानिलकण्ठमै बहिनी दुर्गा चन्दको हातबाट उत्तम साइतमै टीकाग्रहण गरेका छन् । टिका लगाइदिएपछि बहिनी चन्दले प्रधानमन्त्री देउवालाई कटुुस, ओखर र मिठाइ खुवाएर भ्रातृवात्सल्य प्रस्तुत गरे । प्रधानमन्त्री देउवाले सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि र दीर्घायुको कामना गरे । संविधान कार्यान्वयनसँगै मुलुकमा स्थायी शान्ति र आर्थिक विकासतर्फ केन्द्रित हुन समेत सबै राजनीतिक दलका नेतालाई उनले आह्वान पनि गरे ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आज बिहान साढे ११ बजे भक्तपुर बालकोटस्थित निवासमा बहिनीद्वय कौशल्या कोइराला र विष्णुमाया ढकालको हातबाट तिहारको भाइटीका लगाए । पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुरामले आफ्नी दिदी थिरकुमारी पराजुलीबाट टीका ग्रहण गरेका छन् । नेकपा एमालेका सचिव योगेश भट्टराईले गृह जिल्ला ताप्लेजुङमा दिदिहरुबाट टिका लगााए ।

पूर्वज्ञानेन्द्र शाहले कान्छी बहिनी शोभा शाहीसँग टीका ग्रहण गरेका छन् । पूर्वराजा ज्ञानेन्द्रले पञ्चाङ्ग निर्णयक समितिले तोकेको उत्तम साइत ११ः५१ बजे भन्दा अगाडि नै टीका ग्रहण गरेका हुन् । उनले विहान १०ः४५ बजेको साइतमा टीका ग्रहण गरेको जनाइएको छ । यता राप्रपाका अध्यक्ष तथा ऊर्जामन्त्री कमल थापाले आफ्ना बहिनीहरु विमला, रीता र बसुको हातबाट टीकाग्रहण गरेका छन् ।

Sher bahadur Deuba 1
प्रधानमन्त्री शेरबहादुर देउवा
Sher bahadur Deuba 5 1
प्रधानमन्त्री शेरबहादुर देउवा
KP Sharma oli
एमाले अध्यक्ष केपी शर्मा ओली

 

Bamdev Gautam 2
एमाले उपाध्यक्ष वामदेव गौतम
Bamdev Gautam 3
एमाले उपाध्यक्ष वामदेव गौतम
Bamdev Gautam 4
एमाले उपाध्यक्ष वामदेव गौतम
Bamdev Gautam 1
एमाले उपाध्यक्ष वामदेव गौतम
Baburam Bhattarai
नयाँ शक्तिका संयोजक डा. बाबुराम
Yogesh Bhattarai
एमाले सचिव योगेश भट्टराई
एमाले सचिव योगेश भट्टराई
एमाले सचिव योगेश भट्टराई

 

Kamal thapa 2
राप्रपाका अध्यक्ष कमल थापा
Ex King sha
ज्ञानेन्द्र शाह
Kamal thapa
राप्रपाका अध्यक्ष कमल थापा
Mahesh Basnet
एमाले नेता महेश बस्नेत
Rabindra adhikari
एमाले नेता रबिन्द्र अधिकारी

 

 

एमाले नेता डा.राजन भट्टराई
एमाले नेता डा.राजन भट्टराई
Surya Thapa
एमाले नेता सूर्य थापा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७