किन गरियो जापनी संसद बिघटनको ?


१२ आश्विन २०७४, बिहीबार
japanese PM shinzo abe

टोकियो, १२ असोज :जापानी प्रधानमन्त्रीले जापनको शक्तिशाली मानिएको संसदको तल्लो सदन बिघटन गरेका छन् । उनले प्रतिनिधि सभा बिघटन गरेर आमनिर्वाचनको अर्को मिति पनि तोकेका छन् । उनले जापानको अर्को निर्वाचन आगामी अक्टोबरको २२ तारिखका लागि आह्वान गरेका हुन् । अक्टोबरका २२ लागि घोषणा गरिएको उक्त आमचुनाव निर्धारित समयभन्दा एक वर्षअघि हुने भएको छ ।

japanese PM shinzo abe

किन भयो जापानी संसदको बिघटन ?

उनले बिहीबारै साँझ आह्वान गरिएको संसद बैठकलगत्तै उक्त सदन बिघटन गरेका हुन् । संसद बिघटन गर्नसक्ने चर्चा यसअघि नै चलिरहेको थियो । बिहीबारको सो बैठकमा सभामुखले संसद बिघटनको सूचनाको बारेमा पनि पढेर सुनाउने कार्यक्रम रहेको थियो । तर सो सभाको बैठक विपक्षी दलहरुले भने बहिस्कार गरेका थिए ।

आबेले विपक्षीको कमजोर उपस्थिति र उनको एलडीपी दलले चुनावपूर्व हुने नमुना मतदान अर्थात् अपिनियन ‍पोलमा हालसम्म लिइरहेको अग्रताको फाइदा उठाउँदै आकस्मिक चुनावको घोषणा गरेका हुन्। जापानी प्रतिपक्षीहरुले प्रधानमन्त्रीको सो कदमको बिरोध गरिरहेका छन् । उनीहरुले समय पुग्नुअगावै प्रधानमन्त्रीले संसद बिघटन गर्नुपर्नाको कारण पनि माग गरेका छन् ।

अक्टोबरका २२ लागि घोषणा गरिएको उक्त आमचुनाव निर्धारित समयभन्दा एक वर्षअघि हुँदैछ । खस्किँदो लोकप्रियता र उत्तर कोरियाको जारी परमाणु गतिविधिहरुका माझ आबे ताजा जनमत आफ्नो पक्षमा पार्न प्रयासरत देखिन्छन्। दक्षिणपन्थी आबे सन् २०१२ मा प्रधानमन्त्री चुनिएका थिए र उनको लिबरल डेमोक्रयाट दल(एलडीपी)ले सत्तारुढ गठबन्धनको नेतृत्व गर्दछ । उक्त गठबन्धनको डायट भनिने जापानी संसदमा पकड रहेको छ । नातावादको आरोपहरुका कारण यसै वर्षको शुरुवातमा आबेको लोकप्रियतामा कमी आएको थियो । तर उत्तर कोरियाले जापानी आकाशमाथि हालै दुई ब्यालिस्टिक क्षेप्यास्त्रहरु प्रहार गरेपछि आबे ताजा जनसमर्थन पाउन सफल भएका छन् ।

संसद बिघटनको बारेमा प्रधानमन्त्रीले विपक्षीलाई थाहा नदिएको तथा आवश्यक मात्रामा परामर्श पनि नगरेको आरोप विपक्षीहरुको छ । उनीहरुले प्रधानमन्त्रीले संसद बिघटन अघि कुनै नीतिगत जानकारीको बारेमा संसदलाई सम्बोधन नगरेको, संसदीय बहस सञ्चालन नगरेको तथा आवश्यक कुनै परामर्शका साथै पत्रकार सम्मेलन पनि आयोजना नगरेको भनी आलोचना गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७