नेपालले भारतलाई हराउँदै जित्यो साफ च्याम्पियनसिपको उपाधि


११ आश्विन २०७४, बुधबार
nepal win विजेता नेपाल

काठमाडौं : १८ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधी नेपालले जितेको छ । भुटानको थिम्पुमा भएको फाइनलमा भारतलाई २–० ले हराएर नेपालले उपाधी जितेको हो ।

nepal win विजेता नेपाल

नेपालका दिनेश हेन्जनले दोस्रो मिनेटमै गोल गरेर सूरुवात अग्रता लिएको थियो । खेलको ३७ औँ मिनेटमा गोल गर्दै हेन्जनले नै अग्रता दोब्बर पारेका थिए । त्यसपछि पनि निकै प्रतिस्पर्धात्मक रहेको खेलमा गोल हुन सकेन ।

पहिलो खेलमा नेपाल इतिहासमै पहिलोपटक भुटानसँग पराजित भएको थियो । राष्ट्रिय टोली र कुनै पनि उमेरसमूहमा समेत नेपाल भुटानसँग पराजित भएको त्यो नै पहिलो पटक हो । भुटानसँग १–० ले पराजित भएको थियो ।नेपालले बंगलादेशलाई २–१ ले हराएको थियो । शुक्रबार नेपालले माल्दिभ्सलाई २–० गोलले हराएको थियो ।

प्रतियोगितामा आयोजक भुटानसहित नेपाल, भारत, बंगलादेश र माल्दिभ्स सहभागी थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७