१३५ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक


११ आश्विन २०७४, बुधबार
CHUNAB

 

 

काठमाडौँ: असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नं २ का १३६ स्थानीय तहमध्ये १३५ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट आज अपराह्न प्राप्त विवरणअनुसार अब राजविराज नगरपालिकाको मात्र अन्तिम परिणाम सार्वजनिक हुन बाँकी रहेको छ ।CHUNAB

राजविराज नगरपालिकाका १६ मध्ये १४ वटा वडाको मतगणना सम्पन्न भएको छ । बाँकी दुई वटा वडाको आजै बेलुकासम्ममा मतगणना सकिने जानकारी प्राप्त भएको छ । स्थानीय तहका एक हजार २७१ वडामध्ये हालसम्म एक हजार २७९ वडाको मतगणना सम्पन्न भई परिणाम सार्वजनिक भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

स्थानीय तहको प्रमुख एवं अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार ४०, नेकपा (एमाले)का १८, नेकपा (माओवादी केन्द्र)का २१, राष्ट्रिय जनता पार्टी नेपालका २४, संघीय समाजवादी फोरमका २६, नेपाल लोकतान्त्रिक फोरमका तीन, नेपाली जनता दलका दुई र नयाँ शक्ति पार्टीका उम्मेदवार एक स्थानमा विजयी भएको आयोगले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७