गाउँमा पुगेन मतदाता शिक्षा, मतदाता अन्यौलमा


२ भाद्र २०७४, शुक्रबार
Annfsu chunab 9

Annfsu chunab 9

काठमाडौं : भेरीगंगा नगरपालिका–६, घारीबनकी तुलसी खत्रीलाई भेट्ने जतिले आ–आफ्नो चुनाव चिह्नमा भोट हाल्न आग्रह गरे । तर, कसैले पनि बदर नहुने गरी मतपेटिकामा मतपत्र खसाल्ने भनेर सिकाएनन् । ‘सबै आउँछन् माइकिङ गर्छन्, जान्छन्’, उनले भनिन्, ‘अहिलेसम्म कसैले पनि भोट हाल्ने तरिका सिकाएनन् ।’ अाजकाे नागरिक दैनिकमा खबर छ ।

तुलसी खत्रीजस्तालाई भोट हाल्ने तरिका सिकाउनुपर्ने जिम्मेवारी निर्वाचन आयोगबाट मतदाता शिक्षा स्वयंसेवकको हो । तर, उनीहरु निस्क्रिय भइदिँदा थुप्रै मतदाता अन्यौलतामा छन् । निर्वाचन आयोगले प्रशिक्षण दिएर प्रत्येक मतदान केन्द्रमा खटाएका स्वयंसेवकहरु आफ्नो मुख्य जिम्मेवारी छाडेर चुनावी रमझममै भुलेका छन् । कतिपय स्वयंसेवक त बीचमै जिम्मेवारी छाडेर उम्मेदवार बनेका छन् ।

६ नम्बर प्रदेशका ७९ स्थानीय तहको लागि आयोगले एक हजार २ सय २६ स्वयंसेवक भर्ना गरेको छ । वैशाख पहिलो सताबाट खटिएका उनीहरुको लागि जनही करिब १५ हजारको दरले एक करोड ८४ लाख रुपैयाँ खर्च गरिएको छ । गाउँमा भने यिनीहरुको चहलपहल देखिँदैन ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७