विजय सरावगी बने वीरगञ्ज महानगरको मेयर


११ आश्विन २०७४, बुधबार
bijay Kumar sarawagi विजय कुमार सरावगी

वीरगञ्ज : वीरगञ्ज महानगरपालिकामा संघीय समाजवादी फोरम नेपालका विजय कुमार सरावगी मेयरमा विजयी भएका छन् । सरावगी प्रदेश २ को एकमात्र महानगरमा कांग्रेसका अजय द्विवेदीलाई हराउँदै विजयी भएका हुन् । तर औपचारिक घोषणा हुन भने बाँकी छ ।

bijay Kumar sarawagi विजय कुमार सरावगी

६ महिना अघि फोरम नेपालमा प्रवेश गरेका सरावगी सफल उद्योगी ब्यवसायी हुन् । उनी बीरगन्जको उद्योग वाणिज्य संघको पूर्वअध्यक्ष समेत हुन् ।

यस्तै उपमेयरमा भने नेपाली कांग्रेसकी शान्ति कार्की विजयी भएकी छन् । उनले संघीय फोरमकी पिंकी यावदलाई हराइन् ।

वीरगञ्ज महानगरका ३२ वडामध्ये संघीय समाजवादी फोरमले १२, कांग्रेसले १०, एमालेले ५, राजपाले ३, माओवादी केन्द्रले १ र लोकतान्त्रिक फोरमले १ वडा जितेका छन् ।

कुन वडामा कसले जिते ?

कांग्रेस
वडा नं १: मनोजकुमार गुप्ता(९९३)
वडा नं ४:जगत प्रसाद साह कानु(६३४)
वडा नं ६ : ध्रुव प्रसाद नेपाल  (५१२)
वडा नं १०: राम नगिना प्रसाद कानु  (९३३९)
वडा नं १५: गजेन्द्र पटेल
वडा नं २१ : हबिब मिया नेतुवा (८४८)
वडा नं २४: दशरत राउत कुर्मी (६९२)
वडा नं २६: शम्बू मिश्रा (९१५)
वडा नं ३१: चुमान दास चौधरी(७६५)

संघीय समाजवादी फोरम
वडा नं २: शेख अब्बास (९४४)
वडा नं ७ : बसन्त कुमार अग्रवाल (३१८)
वडा नं ९:मनोज कलवार(५९१)
डा नं १२: दरस प्रसाद (७९८)
वडा नं १३ : तुफान फारुक अन्सारी (७२०)
वडा नं २२: ग्यासुदीन मियाँ (१०८७)
वडा नं २५: बिश्रराज राउत कुर्मी (६४३)
वडा नं २८: गृजा देवी (१३२८)
वडा नं २९ : धर्मेन्द्र प्रसाद महतो थारु  (९३२)

राष्ट्रिय जनता पार्टी (राजपा)
वडा नं ३ : बैजुलाल स्वर्णकार (८६४)
वडा नं ५: प्रदीप कुमार चौरसिया (३३७)
वडा नं ३२: रियाज अहमद मियाँ (८९०)

नेकपा एमाले
वडा नं ८: राज किशोर गुप्ता  (६७३)
वडा नं ११ :प्रधुमन सेढाई (८००)
वडा नं २३: अवधकिशोर प्रसाद कुसवाहा (५३०)
वडा नं २७: प्रदीप कुमार यादव (१०६५)                               
वडा नं ३०: अमानत मिया अन्सारी (४६६)

नेकपा माओवादी केन्द्र

वडा नं २०: पारस प्रसाद यादव (३९३)

लोकतान्त्रिक फोरम

वडा नं १९: सन्तोष तिवारी(७२०)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७