मुख्यमन्त्रीका दावेदार माओवादीका नरेश भण्डारी विजयी


२२ मंसिर २०७४, शुक्रबार
naresh bhandari

काठमाडौं: जुम्लाको प्रदेशसभा ‘क’मा वाम गठबन्धनबाट माओवादी केन्द्रका नरेश भण्डारी विजयी भएका छन् ।naresh bhandari

भण्डारीले कांग्रेसका राजुसिंह कठायतलाई चार हजार ३७ मतको फराकिलो अन्तरले पराजित गर्दै विजयी भएका हुन् ।भण्डारीले १२ हजार ५७४ मत प्राप्त गरे भने कांग्रेसका कठायतले ८ हजार ५३७ मत ल्याएका छन् ।

विजयी भएका भण्डारी प्रदेश ६ का मुख्यमन्त्रीका दावेदार समेत हुन् । माओवादीको बुद्धिजीवी संगठनका केन्द्रीय अध्यक्षसमेत रहेका भण्डारी कर्णालीका चर्चित नेता हुन् । जुम्लाको प्रदेश (ख) मा पनि वाम गठबन्धनबाट एमालेका पदमबहादुर रोकाय विजयी भइसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७