कार्टुन क्रूद्वारा चर्चित गीत ‘कहिले भेट्ने खै’ गीतको भिडियो सार्वजनिक


२२ मंसिर २०७४, शुक्रबार
cratoon crew

काठमाडौं : नेपालको चर्चित डान्स ग्रुप कार्टुन क्रूले ‘कहिले भेट्ने खै’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । cratoon crew
गायक तथा संगीतकार अल्मोडा उप्रतीको यो गीतको आधिकारिक भिडियो शुक्रबार सार्वजनिक भएको हो । यसअघि लिरिकल भिडियोलार्इ मात्र युट्युबमा राखिएको थियो । जुन२० लाख भन्दा धेरै पटक हेरिसकिएको छ ।
अल्मोडा राना उप्रतीले संगित तथा गायका हुन् । टाढा बसिरहेका प्रेमी प्रेमिकाहरुको लागि डेडीकेट गरिएको यो गीतको शब्दहरु स्वयम् अल्मोडा आफैले लेखेका हुन् ।
गीतको भिडियो क्रूको सरोज अधिकारीको निर्देशनका साथै कोरियोाग्राफी रहेको छ । भने लाक्पा डि लामाले सहायक निर्देशन गरेका छन् । भिडियो प्रविन श्रेष्ठले सम्पादन गरेका छन्।
भिडियोमा समुहका सदस्यहरू सरोजका साथै रिमा विश्वकर्मा, लाक्पा लामा, राम घले, सुबिन अधिकारी र विकास राईको फिचरिङ रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७