प्रतिनिधि र प्रदेश सभाकाे मतपरिणाम
काठमाडौं : पहिलो र दोस्रो चरणमा मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतगणना सकिएको छ । प्रतिनिधिसभाको सुनसरी निर्वाचन क्षेत्र नं ३ को मतगणना बुधबार सकिएसँगै प्रतिनिधिसभाको १६५ वटै निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको हो । यस्तै प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ ३३० वटै निर्वाचन क्षेत्रको मतगणना पनि सकिएको हो ।
१ सय ६५ निर्वाचन क्षेत्र मध्ये प्रतिनिधिसभातर्फ ६ सिटमा महिला निर्वाचित भएका छन्। भने प्रदेशसभामा १७ जना महिला उम्मेदवार विजयी भएका छन्।
एमाले पहिलो दल
निर्वाचनमा वाम गठबन्धनले १ सय १६ सिट जितेको छ। वाम गठबन्धन बनाएर चुनावमा उत्रिएको नेकपा (एमाले) का ८० स्थान ल्याउँदै प्रतिनिधि सभामा पहिलो दल बनेको छ । यस्तै वाम गठबन्धन कै नेकपा (माओवादी केन्द्र)का ३६ दोस्रो बनेकाे छ ।
निर्वाचनमा एमालेले ६० प्रतिशत सिटमा उम्मेद्वारी दिएको थियो भने माओवादीले ४० प्रतिशत सिटमा उम्मेद्वार उठाएको थियो। तर एमालेले प्रत्यक्षमा ६९ प्रतिशत सिट जितेको छ भने माओवादीले ३१ प्रतिशत सिटमा जित हात पारेको छ।
नेपाली काँग्रेसका २३ सिट जित्दै तेस्राे क्रमश: राष्ट्रिय जनता पार्टी, नेपालका ११ र संघीय समाजवादी फोरम, नेपालका १० प्रतिनिधि निर्वाचित भएका छन् ।
यसैगरी नयाँ शक्ति पार्टी, नेपालका एक, नेपाल मजदूर किसान पार्टीका एक, राष्ट्रिय जनमोर्चाका एक र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक प्रतिनिधि तथा स्वतन्त्र एक निर्वाचित भएका छन् ।
यस्तै प्रदेशसभामा एमालले पहिलो दल बनेको छ । प्रदेशसभा तर्फ भने एमालेले ५१ प्रतिशत सिटमा जित हात पारेको छ। माओवादीले २२ प्रतिशत, कांग्रेसले १२ प्रतिशत, संघीय फोरम ७ प्रतिशत, राजपाले ५ प्रतिशत र अन्यले २ प्रतिशत सिटमा जित हात पारेका छन्।
नेकपा (एमाले)का १६८, नेकपा (माओवादी केन्द्र)का ७३, नेपाली काँग्रेसका ४१, संघीय समाजवादी फोरम, नेपालका २४, राष्ट्रिय जनता पार्टी, नेपालका १६, स्वतन्त्र तीन, नयाँ शक्ति पार्टी नेपालका दुई, राष्ट्रिय जनमोर्चाका दुई, नेपाल मजदुर किसान पार्टीका एक उम्मेदवार निर्वाचित भएका छन् ।
नेकपा एमाले | जित | अग्रता |
---|---|---|
प्रतिनिधिसभा | 80 | 0 |
प्रदेशसभा | 152 | 3 |
नेकपा माओवादी केन्द्र | जित | अग्रता |
---|---|---|
प्रतिनिधिसभा | 36 | 0 |
प्रदेशसभा | 62 | 3 |
नेपाली कांग्रेस | जित | अग्रता |
---|---|---|
प्रतिनिधिसभा | 23 | 0 |
प्रदेशसभा | 31 | 4 |
जित | अग्रता | |
---|---|---|
प्रतिनिधिसभा | 26 | 0 |
प्रदेशसभा | 27 | 1 |
प्रत्यक्षतर्फ ८० स्थान जित्दै एमाले पहिलो, २३ स्थान सहित काँग्रेस तेस्रो (सुचिसहित)
प्रदेश नं. १
सोलुखुम्बु
संखुवासभा
भोजपुर
ओखलढुंगा
ताप्लेजुङ
पाचँथर
खोटाङ
झापा
इलाम
तेह्रथुम
धनकुटा
उदयपुर
मोरङ
सुनसरी
प्रदेश नं. २
सप्तरी
सिरहा
धनुषा
महोत्तरी
सर्लाही
रौतहट
बारा
पर्सा
प्रदेश नं. ३
नुवाकोट
रसुवा
धादिङ
सिन्धुपाल्चोक
दोलखा
रामेछाप
सिन्धुली
मकवानपूर
चितवन
काभ्रपाल्चोक
काठमाडौं
भक्तपुर
ललितपुर
प्रदेश नं. ४
मुस्ताङ
म्याग्दी
बाग्लुङ
मनाङ
लमजुङ
गोरखा
नवलपरासी पूर्व
तनहुँ
कास्की
स्यांङजा
पर्वत
प्रदेश नं. ५
रुकुम पूर्व
रोल्पा
नवलपरासी
पश्चिम बर्दिया
बाँके
दाङ
कपिलवस्तु
रुपेन्देही
पाल्पा
अर्घाखाँची
प्यूठान
गुल्मी
प्रदेश नं.६
रुकुम
पश्चिम
जाजरकोट
हुम्ला
मुगु
जुम्ला
कालिकोट
डोल्पा
सुर्खेत
सल्यान
दैलेख
प्रदेश नं. ७
दार्चुला
बझाङ
बाजुरा
बैतडी
कैलाली
कन्चनपुर
डडेलधुरा
अछाम
डोटी