डोल्पाको प्रदेश ‘क’ मा भारी मतले एमाले विजयी


२२ मंसिर २०७४, शुक्रबार
nnana

काठमाडौं: डोल्पाको प्रदेश ‘क’मा वाम गठबन्धनबाट उम्मेदवार बनेका एमालेका नन्दसिंह बुढा विजयी भएका छन् । एउटा मात्र प्रतिनिधिसभा रहेको डोल्पाको प्रदेशसभा ‘क’ मा एमालेका नन्दसिंह बुढा निर्वाचित भएका हुन् । बुढाले ४ हजार ८५९ मत प्राप्त गरी चार गुणा मतान्तरले विजय हासिल गरेका हुन् ।

nnana
निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बेगमसिंह ठकुरीले १२१३ मत प्राप्त गरेका छन् । उनीहरुबीच ४ हजार मतको अन्तर देखिएको छ । प्रतिनिधिसभातर्फ पनि डोल्पामा एमालेकै धनवहादुर बुढा काँग्रेसका अंगद बुढाभन्दा तेब्बर मत सहित अगाडि छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७