माओवादीको पूर्वी रुकुममा क्लिनस्वीप, प्रतिनिधि र प्रदेश दुबैमा विजयी


२२ मंसिर २०७४, शुक्रबार

काठमाडाैं : नेकपा (माओवादी केन्द्र)ले पूर्वी रुकुममा क्लिनस्वीप गरेकाे छ । पूर्वी रुकुमको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवारहरु विजयी भएका छन् ।kamala rokka purbu rukum
प्रतिनिधिसभा सदस्यमा कमला रोका विजयी भएकी छन् । रोका प्रतिनिधिसभामा निर्वाचित हुने पहिलो महिला सदस्य हुन् । रोकाले निकटतम प्रतिस्पर्धी हरिशंकर घर्तीमगरलाई ६ हजार २८ मत अन्तरले हराइन् । उनले १० हजार ४३४ मत ल्याउँदा घर्तीले ४ हजार ४०६ मत ल्याए ।
यसैगरी  प्रदेशसभातर्फ पनि दुईवटै क्षेत्रमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।क्षेत्र (क) मा माओवादी केन्द्रका तेजबहादुर ओली ‘प्रतिक’ ५ हजार ४२७ मतसहित बिजयी हुँदा उनका निकतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दुतकुमार पुनले २ हजार १४४ मत पाए ।

त्यसैगरी, प्रदेशसभा (ख) मा माओवादी केन्द्र कै पूर्णबहादुर घर्ती ‘आयाम’५ हजार ८१६ विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका दत्तबहादुर बस्नेतले ३ हजार १११ मत ल्याएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७