पर्सामा ६५ प्रतिशत मतदान


२१ मंसिर २०७४, बिहीबार
parsa district

वीरगन्ज : प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा पर्सा जिल्लामा ६५ प्रतिशत मत खसेको छ । parsa district मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले दुर्गम क्षेत्रका मतदान अधिकृतसँग सम्पर्क हुन नसकेकाले प्रतिशत केही घटबढ हुनसक्ने बताए ।
दुई लाख ९९ हजार ५४ मतदाता रहेको जिल्लाका मतदाताले १७६ मतदानस्थल तथा ३५१ मतदान केन्द्रबाट आफ्नो मताधिकारको प्रयोग गरेका छन् ।
सबै मतदान केन्द्रमा शान्तिपूर्ण मतदान भएको छ । मतदानपछि आजै अबेर रातिसम्म मतपेटिका सदरमुकाम वीरगञ्ज ल्याइने र शुक्रबार बिहानदेखि मतगणना हुने बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७