भोजपुरमा मतगणना शुरु, प्रारम्भिक मतपरिणाम आउँदै


२१ मंसिर २०७४, बिहीबार
bhojpur matganana

भोजपुर: मंसिर १० गते भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मतगणना भोजपुरमा शुरु भएको छ ।bhojpur matganana

एक प्रतिनिधि सभा र दुई प्रदेश सभा निर्वाचन क्षेत्र रहेको भोजपुरमा अहिले पाँच बजेदेखि मतगणना कार्य शुरु भएको हो । तीनवटा कोठाबाट धमाधम मतगणना शुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला अदालतमा मतगणना भइरहेको छ ।

प्रतिनिधि सभाको एउटा कोठामा दुई ठाउँ र प्रदेश सभाको दुई ठाउँ गणना भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । भोजपुरमा कुल मतदाता १ लाख १३ हजार ८ सय ९१ जना छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७