स्याङ्जामा कांग्रेसले ४ बुथ कब्जा गरेकाे आरोप, एमाले उम्मेदवार अर्यालमाथि ढुंगामुढा प्रहार


२१ मंसिर २०७४, बिहीबार
एमाले उम्मेदवार पद्मा अर्यालमाथि ढुंगामुढा प्रहार

स्याङ्जा: स्याङजाको चापाकोट नगरपालिकाका चार वटा मतदान केन्द्रमा नेपाली कांग्रेसले एकलौटी मतदान गरेको भन्दै बाम गठबन्धनले पुनः मतदानको माग गरेको छ ।एमाले उम्मेदवार पद्मा अर्यालमाथि ढुंगामुढा प्रहार

शिक्षामन्त्री गोपालमान श्रेष्ठको अगुवाइमा प्रहरी प्रशासन र निर्वाचन कर्मचारीकै मिलेमतोमा बुथ कब्जा गरिएको बाम गठबन्धनकी उम्मेदवार पद्मा अर्यालको आरोप छ ।

जनसक्रिय प्रावि, चितापोखरी र कालिका आधारभूत स्कूल तीनपिप्लेमा प्रहरी र निर्वाचन आयोगका कर्मचारीकै सामुन्ने कांग्रेस कार्यकर्ताले मतदाताको हातको मतपत्र खोसेर स्वस्तिक छाप लगाएको प्रत्यक्षदर्शीले बताए । त्यस्तै, मल्याकोट मतदानकेन्द्रमा बुथ कब्जा भइरहेको सुनेपछि रोक्न पुगेकी एमाले उम्मेदवार पद्मा अर्यालमाथि ढुंगामुढा प्रहार भएको छ

स्याङ्जा क्षेत्र नम्बर २ मा कांग्रेसबाट गोपालमान श्रेष्ठ र बाम गठबन्धनबाट एमाले नेतृ पद्मा अर्यालबीच प्रतिस्पर्धा भइरहेको छ । चापाकोट नगरपालिकाको सेखामा दुई मतदान केन्द्र र मल्यानकोटका दुई मतदान केन्द्रमा बुथ कब्जा भएको उजुरी निर्वाचन आयोगमा गर्न लागिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७