चिकित्सकको आन्दोलन दसैंमा पनि


११ आश्विन २०७४, बुधबार
Doctors

काठमाडौँ: आफ्ना माग पूरा गर्न सरकारले पहल नगरेको आरोप लगाउँदै चिकित्सकहरूले दसैंमा समेत आन्दोलन जारी रहने बताएका छन् ।Doctors

चिकित्सक संघका महासचिव डा. लोचन कार्कीले भने, ‘सरकार असंवेदनशील भएकाले हामीले यस्तो निर्णण लिनुपर्‍यो ।’ स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले चिकित्सकको सुरक्षा प्रतिबद्घता गर्न नसकेको उनले आरोप लगाए ।आजको कान्तिपुरमा खबर छ ।

आन्दोलनका कारण देशभरिका अस्पताल, मेडिकलरडेन्टल कलेज, नर्सिङहोम, क्लिनिकलगायत स्वास्थ्यसंस्थाका आकस्मिकबाहेक सबै सेवा ठप्प छन् । आन्दोलनअघि नै समय तोकिएका बिरामीको शल्यक्रियालगायत उपचारसमेत हुन सकेको छैन । नियमित फलोअपमा आउनुपर्ने दीर्घरोगीले पनि उपचार पाएका छैनन् ।

‘पूर्वनिर्धारित शल्यक्रियालगायत उपचार बहिरंग सेवामार्फत हुने भएकाले पूरै प्रभावित छ,’ त्रिवि शिक्षण अस्पतालका निर्देशक डा। दीपक महराले भने, ‘बन्दभन्दा पहिला भर्ना भएका बिरामी हाम्रा नैतिक जिम्मेवारी भएकाले उहाँहरूको उपचार भइरहेको छ ।’ दसैंका बेला सामान्यतस् बिरामीको चाप कम हुने र दसैंका लागि बुधबारदेखि आइतबारसम्म सरकारी अस्पतालका बहिरंग सेवा बन्द हुने पनि उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७