योगेशको तुफानी दौड, एकैदिन तीन जिल्लाको सभालाई सम्बोधन


२१ मंसिर २०७४, बिहीबार
Yogesh Bhattarai 1

धरान : पहिलो चरणको निर्वाचन सकिए लगत्तै नेकपा (एमाले)का सचिव एंव प्रचार विभागका प्रमुख योगेश भट्टराई दोस्रो चरणको चुनावी अभियानमा खटिए । मतपेटिका थन्काएर ताप्लेजुङबाट १२ मंसिरमा तेहथुम आइपुगेका भट्टराई मौन अवधि सुरु हुन अघिसम्मको चुनावी सभामा सम्बोधन गर्न पुगे ।

Yogesh Bhattarai 1
झापामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ।

सचिव भट्टराई १२ गतेदेखी मौन अवधि सुरु अघिसम्म निरन्तर चुनावी सभामा खटिए । यसबिचमा उनले एक नम्बर प्रदेशको ५ वटा जिल्लाका १३ वटा चुुनावीसभालाई सम्बोधन गरे । दर्जनौं आन्तरिक बैठक र भेलामा सहभागी भए । उनले तेह्रथुम, धनकुटा, सुनसरी, मोरङ र झापामा आयोजित चुनावी सभालाई सम्बोधन गरे । अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रदेखी धनकुटाको राजेन्द्र राईसम्मका चुनावी सभालाई उनले सम्बोधन गरे ।

एकै दिनमा तीन जिल्ला
मौन अवधी सुरु हुन अघि १८ मंसिरमा तीन जिल्लाका ५ वटा चुनावी सभालाई सम्बोधन गरे । १८ मंसिरको बिहान सुनसरीको इटहरिमा आयोजित बृद्धबृद्धाहरुको कार्यक्रमलाई सम्बोधन गरे । दिउसो धरानको भानुचोकमा आयोजित अन्तिम चुनावी सभालाई सम्बोधन गरे । प्रतिनिधिसभा सदस्यका उम्मेदवार जय राई, प्रदेशसभाका उम्मेदवार तथा पार्टी सचिव भिम आचार्य र प्रदेशसभाका सदस्य प्रदीप भण्डारीको सयुक्त सभालाई धरानमा सम्बोधन सकेर इटहरि आए । इटहरि बजारमा आयोजित चुनावी सभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गरे ।

इटहरिको कार्यक्रमपछि सचिव भट्टराई मोरङको पथरी सनिश्चरे नगरपालिका हान्निए । जहाँ उनका सहयोद्धा भानुभक्क्त ढकाल प्रतिनिधिसभा तर्फ वामगठबन्धनका साझा उम्मेदवार छन् । मोरङ क्षेत्र नम्बर ३ को अन्तिम चुनावी सभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गरे । उनले नेता ढकालसँगको सहकार्य सम्झिदै सहयोद्धालाई मत मात्रै मागेनन्, भबिष्यको मन्त्री र नेतृत्वकर्ताको रुपमा व्याख्या समेत गरे ।

यसपछि उनले पथरी बजारमा खाजा खाए । त्यसपछि लगत्तै उनी झापाको सुरुङ्गामा आयोजित चुनावी सभालाई सम्बोधन गर्न पुगे । वामगठबन्धनकोा तर्फबाट साझा उम्मेदवार बनेका एलपी साँवा लिम्बुलाई मत मागे । झापाको सुरुङ्गाको कार्यक्रम सकेर उनी झापाको विर्तामोड पुगे । आन्तरिक बैठक र छलफलमा सहभागी भए ।

 

Yogesh Bhattarai 4
मोरङको पथरी शनिश्चरेमा आयोजित कार्यक्रम
Yogesh Bhattarai 3
धनकुटाको पाख्रीबासमा आयोजित कार्यक्रम
Yogesh Bhattarai 2 1
सुनसरीको धरानमा आयोजित कार्यक्रम

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७