दिउँसो १ बजेसम्म ४० प्रतिशत मतदान


२१ मंसिर २०७४, बिहीबार
matdan voting election
5ks}ofdf ;xefuL dtbftf k|ltlglw;ef / k|b]z;efsf] lgjf{rgdf laxLaf/ k;f{sf] jL/uGhsf] 5ks}ofl:yt dtbfg s]Gb|df pT;fxk”j{s dtbfgdf ;xefuL x’Fb} dtbftf . t:jL/ M jL/]Gb| s0f{, jL/uGh, /f;;

काठमाडौं : दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको आजको निर्वाचनमा दिउँसो १ बजेसम्म ४० प्रतिशत मतदान भइसकेको छ ।  निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रले ४० प्रतिशत मतदान भएकाे जानकारी दिएकाे छ ।
matdan voting election
केन्द्र अहिले सबै मतदान केन्द्रमा शान्तिपूर्ण एवं उत्साहजनकरुपमा मतदान कार्य सञ्चालन भइरहेको छ ।
दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि २५६ निर्वाचन क्षेत्रका गरी सात हजार ७५२ मतदान स्थलका १५ हजार ३४४ मतदान केन्द्रमा मतदान भइरहेको छ ।
बेलुका ५ बजेभित्र मतदान केन्द्रमा प्रवेश गरिसकेका मतदाताले मतदान गर्न पाउने व्यवस्था रहेको छ । पहाडी तथा तराईका गरी ४५ जिल्लामा आज सञ्चालन भइरहेको निर्वाचनमा कूल १ करोड २२ लाख ३५ हजार ९९३ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७