करिब १० हजार मत अन्तरले विजयी हुन्छु : झलनाथ खनाल


२१ मंसिर २०७४, बिहीबार
Jhalanath Khanal Voting

इलाम  : इलाम क्षेत्र नं १ का उम्मेदवार तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्नो निर्वाचन क्षेत्रमा करिब १० हजार मतले आफूले विजयी हासिल गर्ने  दाबी गरेका छन् ।  बिहिबार बिहान इलामको सूर्योदय नगरपालिका–९ रम्फोकस्थित राष्ट्रिय आधारभूत विद्यालयबाट ९ः४० बजे मतदान गरेपछि यस्ताे दाबी गरेका  हुन् । Jhalanath Khanal Voting
उनले आजको निर्वाचन ऐतिहासिक निर्वाचन भएको बताएका छन् । मतदानपछि  प्रतिक्रिया दिदै उनले संविधान कार्यान्वयनको महत्वपूर्ण उपलब्धि भएकाे बताए । प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनपछि देश विकास निर्माण र आर्थिक समृद्धिको बाटोमा उन्मुख हुने बताउँदै नेता खनालले भने, ‘देश महत्वपूर्ण र समृद्धिको उन्मुख हुने चरणमा छ, निर्वाचन भएपछि देशमा विकासको मूल फुट्छ ।’
‘इलामको क्षेत्र नं १ मा बिहानैदेखि मतदाता लाइनमा बसेर शान्तिपूर्ण रूपमा मतदान गरिरहेको देख्दा आफू ज्यादै हर्षित र गौरवान्वित भएको महसुश गरेको छ’, उनले भने, ‘यो निर्वाचन क्षेत्रमा वाम मोर्चाले सबै सिट जित्छ । दुईवटा प्रतिनिधिसभा र चारवटा प्रदेशसभा निर्वाचन क्षेत्रमा वाम गठबन्धन पहिलो हुन्छ ।’
सञ्चारकर्मीहरुले  खनाललाई तपाई राष्ट्रपतिको उम्मेद्वार हो भनेर सोध्नेकाे प्रश्नमा उनले  आफूलाई पार्टीले जस्तोसुकै जिम्मेवारी दिएपनि पूरा गर्ने पनि बताए । उनले भने, ‘मलाई राष्ट्रपति बनाए पनि ठीक छ, प्रधानमन्त्री बनाए पनि ठीक छ, यी दुवै नभएपनि ठीक छ ।’

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७