कपाल झर्न नदिन के खाने-के नखाने ?


२१ मंसिर २०७४, बिहीबार
Screenshot 6 8

एजेन्सी: कपाललाई बलियो र स्वस्थ बनाउने तत्वको शरीरमा अभाव भयो भने कपाल झर्ने गर्छ । यस्ता तत्व पाइने खाना नियमित खाने गरेमा कपाल झर्न रोकिनुका साथै झरेको ठाउँमा कपाल पनि आउँछः

Screenshot 6 8

फ्याटी एसिड
फ्याटी एसिडले कपालका जरालाई बलियो बनाउने गर्छ । ओखर, सालमोन माछा, निउटेला, तोफु, काउलीजस्ता खानामा यस्तो एसिड पाइने भएकाले हरेक दिन यस्ता खाना खाने गर्नुपर्छ ।

जिंक
जिंकयुक्त खाना खानाले शरीरमा टेस्टोस्टेरोनलगायत हार्मोनका मात्रा सन्तुलनमा रहन्छन् । साथै, टाउकोमा चिप्लो पदार्थ उत्पादन गर्ने ग्रन्थीलाई पनि यसले सक्रिय गराउँछ, जसले गर्दा टाउको र कपाल स्वस्थ हुन जान्छ । त्यही भएर जनावरको कलेजो, फर्सीको बियाँ, हाडेबादम, कुखुराको छाती, च्याउजस्ता जिंकयुक्त खाना खाने गर्नुपर्छ ।

प्रोटिन
शरीरमा प्रोटिनको अभाव भएमा कपाल कमजोर हुनुका साथै फुल्ने पनि गर्छ । त्यही भएर खानामा दही, अण्डाको पहेँलो भाग, बदाम, राजमा, मटरकोसा, मुसुरो दाल, तोफु, कुखुराको मासुजस्ता प्रोटिनजन्य खाना खाने गर्नाले कपाल झर्न रोकिनुका साथै थप कपाल पलाउँछ ।

आइरन
आइरनयुक्त खाना खानाले शरीरका टाउकोलगायत शरीरका कोषिकामा रगत, अक्सिजन, पोषक तŒव आदिको आपूर्ति बढेर जान्छ, जसले कपाललाई स्वस्थ र बलियो बनाउँछ । गाढा हरियो पात भएका सागपात, गेडागुडी, राजमा, खसीको मासु, अण्डाको पहेँलो भागजस्ता खानामा आइरनको मात्रा उच्च हुन्छ ।

भिटामिन ए र सी
भिटामिन ए र सीले कपालको जरालाई बलियो बनाउँछ । भिटामिन सीले शरीरभित्र आइरनको मात्रालाई पनि बढाउँछ, जुन कपालको स्वास्थ्यका लागि उपयोगी हुन्छ । त्यही भएर ब्रोकाउली, गाजर, सखरखण्ड, फर्सीजस्ता भिटामिन ए र सी प्रशस्त मात्रामा पाइने खाना दिनहुँ खाने गर्नुपर्छ ।

म्याग्निसियम
शरीरमा म्याग्निसियमको मात्रा घट्यो भने कपाल तीव्र गतिमा झर्ने गर्छ । हाडे बदाम, मुसुरो दाल, उसिना चामलको भात, ओखर, कोसे तरकारी, एभोकाडो, केराजस्ता म्याग्निसियमयुक्त खाना दिनहुँ खाने गर्नुपर्छ ।

कम गर्नुपर्ने खाना :

 चिल्लोचाप्लो, तारेको खानेकुरा
मदिरा, चुरोट, कफी, चिया
केमिकेल हाली गुलियो बनाइएको खाद्य
फास्टफुड तथा जंकफुड
मसलादार तथा शरीरलाई बढी तातो बनाउने खाना

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७