सिके राउत जनकपुरबाट पक्राउ, उनका कार्यकर्ता चोकचोकमा भेला


२१ मंसिर २०७४, बिहीबार
ck raut

काठमाडौं: प्रहरीले सिके राउतलाई पक्राउ गरेको छ । जनकपुर स्थित आफ्नै निवासबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।ck raut

उनलाई केही समय अघिघरबाट पक्राउ गरेर माछीबजार चोक हुँदै लगिएको छ । माछिबजार चोक नजिकै भाडाको घरमा अहिले प्रहरी व्यापक मात्रामा खटाईएको छ । अहिले उनका कार्यकर्ताहरु माछि बजार चोकमा जम्मा भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख चक्रबहादुर सिंहले उनको पक्राउन पछि धनुषामा सुरक्षा व्यवस्था कडा बनाईएको प्रतिक्रिया दिए । उनी निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७