शीर्ष नेताको मतदान (फोटोफिचर)


२१ मंसिर २०७४, बिहीबार
top leader nepal Voting

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रमुख दलका शीर्ष नेताहरूले विभिन्न ठाउँबाट मतदान गरेका छन्  । अधिकांश नेताहरूले बिहान मतदान गर्ने समय तय गरेका छन् ।  प्रधानमन्त्री शेरबहादुर देउवाले डडेलधुराको गन्यापधुरा गाउँपालिका–१ स्थित असिग्राम मावि मतदान केन्द्रबाट मतदान गर्नेछन् ।top leader nepal Voting
एमाले अध्यक्ष केपी ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका–२ महेन्द्रशान्ति माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गर्ने भएका छन् ।   एमालेका अर्का नेता माधव नेपालले रौतहटको गौर नगरपालिकास्थित रामजनकी मतदान केन्द्रबाट मतदान गर्ने भएका छन् । उनी काठमाडाैं २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवनको भरतपुर महानगरपालिका–१४ स्थित माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका छन् । उनी चितवन–३ का प्रतिनिधिसभा सदस्य  उम्मेदवार हुन् । यसैगरी माओवादी केन्द्रका नेता रामबहादुर थापाले चितवनको भरतपुर महानगरपालिकाबाट मतदान गर्ने भएका छन् ।
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–२ सत्यवती मावि मतदान केन्द्रबाट मतदान गरेका छन् ।   । उनले तनहुँ–१ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका छन् ।  यस्तै पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ (इलाम), कांग्रेस नेता डा. शेखर कोइराला र लालबाबु पण्डित (बिराटनगर), माओवादी नेता गिरिराजमणि पोखरेल (महोत्तरी), माअाेवादी प्रवत्ता पम्फा भुसालले बिहानै मतदान गरिसकेका छन् ।त्यसैगरी अन्य नेताहरुले पनि मतदान गरिरहेका छन्
एमालेका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले इलामको सूर्योदय नगरपालिकाबाट मतदान गरेका छन् । खनालले प्रतिनिधिसभा निर्वाचनमा इलाम–१ बाट उम्मेदवारी दिएका छन् ।
संघीय फोरमका अध्यक्ष उपेन्द्र यादवले विराटनगर महानगरपालिका–१४ जुतुवा मतदान केन्द्र,  महन्त ठाकुरले सर्लाहीको बलरा नगरपालिकामा र राजेन्द्र महतोले सर्लाहीको चन्द्रननगर–२ बाट मतदान गर्ने भएका छन् ।
यस्तै एमाले उपाध्यक्ष भीम रावलले गृहजिल्ला अछामको साँफेबगर–६ स्थित चन्द्रोदय मावि मतदान केन्द्र,  माओवादी केन्द्रका नेता एवं कैलाली क्षेत्र नम्बर ४ मा प्रदेशसभा उम्मेदवार लेखराज भट्टले गोदावरी नगरपालिका–१ अत्तरियास्थित घन्टेश्वरी मावि मतदान केन्द्र, कांग्रेस नेता रमेश लेखकले गृहजिल्ला कञ्चनपुरको वेदकोट–८ स्थित बैजनाथ मावि मतदान केन्द्र र कांग्रेसकै अर्का नेता एनपी सावदले भीमदत्त नगरपालिका–२ उल्टाखामस्थित सरस्वती मावि मतदान केन्द्रबाट मतदान गरेका छन् ।
Prachand Voting

 

ram chandra paudel

ishowar pokhrel

krisna prasad paudel

bhim rawal

prakesh man shing

gagan thapa

rajan bhatarai

subas nembang

Sankar pokharel

matadan pampha 4

ramesh lekhhk narayan prakash saud krishna kumar shrestha

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७