सुदूरपश्चिममा भूकम्पको धक्का महसुस


२१ मंसिर २०७४, बिहीबार
earthQueak

बैतडी : बुधबार राति ९ बजेर ४ मिनेटमा बैतडीसहित प्रदेश नम्बर ७ अर्थात सुदूरपश्चिमका अधिकांश जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।earthQueak खानी तथा भूगर्भ विभाग तथा भूकम्प मापन केन्द्र, काठमाडौँका भूकम्पविद् चिन्तन तिमल्सेनाका अनुसार दार्चुलाबाट २२ किलोमिटर पश्चिम भारतको उत्तराखण्ड केन्द्र बनाएर ५।५ रिक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पले कुनै क्षति भएको जानकारी नआएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्व शर्माले जानकारी दिए । यसअघि गत कात्तिक २२ गते प्रदेश नं ७ को बझाङ केन्द्रबिन्दु भएर पनि भूकम्प गएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७