महिला मतदाता बढी


२१ मंसिर २०७४, बिहीबार
mahila
dtbftf lgjf{rgdf ;xefuL lrtjgsf] /Tggu/l:yt a}l/of dflj dtbfg s]Gb|df laxLaf/ ePsf dtbfgdf ef]6 xfNg nfda4 dtbftf . tl:a/ M gf/fo0f 9’+ufgf, /Tggu/-lrtjg_, /f;;

भरतपुर : तीन वटा निर्वाचन क्षेत्र रहेको चितवनमा महिला मतदाता बढी छन्। जिल्लामा कुल मतदाता तीन लाख ५४ हजार ३६ छन्। यीमध्ये महिला मतदाता १ लाख ८४ हजार ६८ र पुरुष मतदाता संख्या १ लाख ६९ हजार ९ सय ६७ छ। वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनभन्दा यो निर्वाचनमा ४१ हजार नयाँ मतदाता थपिएका छन्। १ जना तेस्रोलिंगीले पनि चितवनबाट मतदान गर्दै छन्। स्थानीय चुनावका बेला परिचयपत्र नबुझेका र स्थानीय चुनावपछि मतदाता नामावलीमा नाम लेखाएकाले अहिले परिचयपत्र बुझेका छन्।

mahila
 मतदानका लागि जिल्लामा सबै तयारी पूरा भएको जिल्ला निर्वाचन अधिकारी हरि ढकालले जानकारी दिए। ‘सबै तयारी पूरा भएको छ’, ढकालले भने। आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि चितवन प्रहरीले मतदान केन्द्रमा सुरक्षाकर्मीलाई हाईअलर्टमा राखेको जनाएको छ। एउटा बुथमा हातहतियारसहित १२ देखि ४९ जनासम्म सुरक्षाकर्मी तैनाथ हुनेछन्।

बुथभित्रको सम्पूर्ण जिम्मा नेपाल प्रहरीले लिएको छ भने बुथ बाहिरको सुरक्षा जिम्मा सशस्त्र र नेपाली सेनाले लिएको छ। सुरक्षा प्रबन्धसहित मतदान केन्द्रमा कर्मचारी पुगिसकेका छन्। चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिए। ‘अन्यत्रको घटना हेरेर हामीले सुरक्षा योजना मजबुत बनाएका छौं’, प्रजिअ भट्टले भने, ‘मतदानका लागि ढुक्क हुने वातावरण बनाएका छौं।’
चितवनमा प्रतिनिधिसभाका लागि तीन र प्रदेशसभाका लागि ६ निर्वाचन क्षेत्र छन्। दुवै सभाका नौ निर्वाचन क्षेत्रमा ९५ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन्। प्रतिनिधिसभामा ४२ र प्रदेशसभामा ५३ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। चितवनमा एक सय ६१ स्थानमा चार सय ६ मतदान केन्द्र छन्। सबै मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य कर्मचारी गरी चार हजार आठ सय ८६ कर्मचारी खटिएका छन्।
निर्वाचन सुरक्षाका लागि एक हजार आठ सय ९५ प्रहरी र थप एक हजार सात सय १० जना म्यादी प्रहरी खटेका छन्। मतदान केन्द्रको सुरक्षामा सशस्त्र प्रहरी र नेपाली सेनाको टोली पनि तैनाथ छन्। मतदानका लागि कन्द्रीय सुरक्षा योजनाको आधारमा जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी प्रमुख दीपक थापाले बताए। चितवनमा ५२ वटा मतदान केन्द्र अतिसंवेदनशील र एक सय ९ मतदान केन्द्र संवेदनशील क्षेत्रमा वर्गीकरण गरिएको छ।
भौगोलिक रूपमा टाढा भएका मतदान स्थलबाट सुरक्षाका साथ राति नै मतपेटिका ल्याइनेछ। दलबीच सहमतिपछि शुक्रबारदेखि मतगणना गरिने मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले बताए। उनका अनुसार मतगणना सुरु गरिएको ५ दिनभित्र प्रत्यक्ष तर्फको परिणाम आइसक्नेछ।
चितवनमा पूर्वप्रधानमन्त्रीदेखि मन्त्रीहरूले समेत मतदान गर्दै छन्। पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल आधारभूत विद्यालय शान्तिपुरको क केन्द्रबाट मतदान गर्दै छन्। यसअघि उनले भरतपुरस्थित लंकुमा रहेको लक्ष्मी माविबाट मतदान गर्दै आएका थिए। त्यस्तै, वन तथा भू-संरक्षणमन्त्री एवं राप्रपा (प्रजातान्त्रिक)का केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेले भरतपुर महानगरपालिका वडा नं.२७ स्थित जानकी माध्यमिक विद्यालयको मतदान स्थलमा मतदान गर्दै छन्। शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले पूर्वीचितवनको रत्ननगर नगरपालिका वडा नं.३ स्थित सहिद स्मृति बहुमुखी क्याम्पसबाट मतदान गर्दै गर्दै छन्। पूर्वअर्थमन्त्री एवं एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पूर्वीचितवनको राप्ती नगरपालिका वडा नं.५ स्थित भण्डारा हेल्थपोस्ट मतदान स्थलबाट मतदान गर्दै छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७