वाम गठबन्धनका उम्मेदवार यादव चुनाव लड्न नपाउने


२० मंसिर २०७४, बुधबार
siva pujan

काठमाडौं: सर्लाही ४ मा वाम गठबन्धनका उम्मेदवार शिवपुजन राय यादव उम्मेदवार बन्न नपाउने भएका छन् ।siva pujan

मतदानको अघिल्लो दिन बुधबार सर्वोच्च अदालतले रायको उम्मेदवारी खारेज गर्ने आयोगको निर्णय कार्यान्वयन गर्न अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । अब मुद्दाको अन्तिम फैसला नहुँदासम्म रायको उम्मेदवारी खारेज गर्ने निर्णय कायमै रहनेछ ।

न्यायाधीश दीपकराज जोशी र डम्बबहादुर शाहीको इजलासले दुबै पक्षको बहस सुनेपछि अन्तरिम आदेश जारी गर्न नपार्ने फैसला सुनाएको छ ।पहिलो संविधानसभामा फोरमबाट सभासद रहेका शिवपुजनलाई रातो पासपोर्ट दुरुपयोगको अभियोगमा विशेष अदालतले दोषी ठहर गरेको थियो ।

यो पटक माओवादीबाट उम्मेदवार बनेका उनीविरुद्ध स्वतन्त्र उम्मेदवारले निर्वाचन आयोगमा उजुरी दिए । तर, सुनुवाई नभएपछि उनीहरु सर्वोच्चमा गए । तर, सर्वोच्चमा लिखित जवाफ दिनु अघि नै आयोगले उनको उम्मेदवारी खारेज गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७