ललितपुरमा मौन अवधीमा उग्र हुदै कांग्रेस, वडाअध्यक्ष तिमल्सिनामाथि आक्रमण


२० मंसिर २०७४, बुधबार
lalitpur district

ललितपुर : भाेली हुने प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनको मौन अवधीमा ललितपुरमा कांग्रेस उग्र हुँदै गएको छ । गएराति ललितपुरको गोटिखेलमा कांग्रेसका भिमसेन घिमिरेको समूहले एमालेबाट निर्वाचित गंगाराम तिमल्सिनालाई हातपात गरेका हुन् ।lalitpur district

राति कांग्रेस कार्यकर्ताका अवान्छित गतिविधी नियाल्न बाहिर निस्केका तिमल्सिनालाई हातपात गरेका हुन् । उक्त घटनापछि बाम गठबन्धन र कांग्रेसका कार्यकर्ताविच झडप समेत भएको छ ।
यसैगरि मौन अवधीमा ललितपुर क्षेत्र नम्बर १ (क)का नेपाली कांग्रेसको उम्मेदवार ऋषिराम घिमिरे चडेको गाडिले ललितपुरको कालेश्वरमा रोकिराखेको मोटरसाइलकमा ठक्कर दिएको क्षति पु¥याएको स्थानिय निरज घिमिरेले जानकारी दिए । ललितपुरको काठ क्षेत्रमा कांग्रेस कार्यकताहरु रातभर घरघरमा पुगेका थिए । मौन अवधि शुरु भएदेखी नै बडिखेल, चापागाउँ क्षेत्रमा उदय समशेर सहित कांग्रेस कार्यकर्ताहरु बडिखेल, चापागाउँ, गोदावरी क्षेत्रमा ६,७ वटा गाडि सहित दौडिरहेका छन् । मौन अवधी कांग्रेसका लागि ‘मनि अवधी’ भएको नाम नबताउने सर्तमा बडिखेलका एक युवाले जानकारी दिए ।
ललितपुरको क्षेत्र नम्बर १ र ३ दुवै क्षेत्रमा कांग्रेस र गठबन्धनका विच तिब्र प्रस्तिपर्धा रहेकोले पैसाको चलखेल बढ्दै गएको छ । अघिल्लो दिन ललितपुर महानगरपालिकाको वडा नम्बर २३ को झोछेमा रहेको रामभजन खल गुठीलाई नगद दिएको अवस्थामा स्थानिय युवाहरुले हल्ला अमात्य भागेका हुन् । उक्त स्थानमा गरेपछि बा २ च ४२८ गाडिमा महानगरका मेयर चिरिबाबु महर्जन सहित गुठीमा पैसा वितरण गर्न गएका थिए  ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७