प्रधानमन्त्री पोखरा जाने कार्यक्रम रद्द, फर्कियो हेलिकोप्टर


१ माघ २०७९, आईतवार
Nepal Army helicopter

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यति एयरको विमान दुर्घटनास्थल पोखरा जाने कार्यक्रम रद्द भएको छ । दुर्घटनास्थलको स्थलगत अवलोकन र उद्धार कार्यको अवलोकनका लागि प्रधानमन्त्री आइतबार पोखरा जाने कार्यक्रम रद्द भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

‘भिआइपी जाँदा सुरक्षा जटिलता थपिने भएकाले सुरक्षा निकायको सुझावका आधारमा प्रधानमन्त्रीको पोखरा जाने कार्यक्रम रद्द गरिएको प्रधानमन्त्रीका निजी सचिव रमेश मल्लले जानकारी दिए ।

आइतबार बिहान यति एयरको विमानस्थल दुर्घटना भएपछि त्यसबारे थप बुझ्न प्रधानमन्त्री आफैं पोखरा जान लागेका थिए । गृहमन्त्री रवि लामिछाने र भौतिक पूर्वाधार तथा यातायतमन्त्री नारायणकाजी श्रेष्ठलाई लिएर पोखरा जाने प्रचण्डको कार्यक्रम बालुवाटारमा हेलिकोप्टर स्ट्यान्डबाइ रहेका बेला रद्द भएको हो ।

प्रधानमन्त्रीको सचिवालयले मन्त्रिपरिषद् बैठक सकिने बित्तिकै प्रधानमन्त्री प्रचण्ड पोखरा जाने जनाएको थियो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतवार आकस्मिक मन्त्रिपरिषद् बैठक बसेको थियो । त्यसले ५ सदस्यीय जाँचबुझ आयोग बनाएको छ भने भोलि शोक मनाउने निर्णय गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७