इन्जुरी समयमा किपरले गरे गोल, बन्यो इतिहास (फोटो फिचर)


१८ मंसिर २०७४, सोमबार
italiyan

इटालियन: सिरी ए फुटबलको इतिहारमा एक गोलरक्षकले आफू र क्लबका लागि बिर्सन नसकिने इतिहास बनाएका छन् । पहिलो पटक इटालीको शीर्ष लिग सिरी ए खेलिरहेको बेनेवेन्तोले गोलरक्षकको गोलबाट लिगमा पहिलो अंक जोडेर इतिहास बनाएको हो ।

46F11BBD00000578 5141039 image a 18 1512312053518

पहिलो पटक सिरी ए खेलिरहेको वेनेवेन्तोले लिगका १४ खेलसम्म आउँदा एक अंक पनि जोड्न सकेको थिएन । तर लिग अन्तर्गत आइतबार राति भएको खेलमा बलियो टिम एसी मिलानलाई २-२ को बराबरीमा रोक्दै बेनेवेन्तोले लिगमा पहिलो अंक जोडेको हो ।

46F112A700000578 5141039 image a 19 1512312061616

खेलको इन्जुरी समयसम्म पनि बेनेवेन्तोलाई लिगमा अंकको खाता खोल्नका लागि अर्को खेल पर्खनु पर्ने जस्तो देखिएको थियो । तर इन्जुरी समयको पाँचौं मिनेटमा गोलरक्षक अल्बर्टो ब्रिग्नोलीले हेड मार्फत गोल गर्दै टिमलाई हारबाट जोगाए र क्लबलाई ऐतिहासिक एक अंक दिलाए ।

46F10D4F00000578 0 image a 1 1512308642350त्यसअघि ३८ औं मिनेटमा एसी मिलानका लागि बोनावेन्तुरा, ५० औं मिनेटमा बेनेवेन्तोका लागि पुस्कास तथा ५७ औं मिनेटमा एसी मिलानका लागि केलिनिकले गोल गरेका थिए ।

46F115A700000578 5141039 image m 11 1512309378601

७५ औं मिनेटमा रोमाग्नोली दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि एसी मिलान १० खेलाडीमा सीमित भएको थियो । बेनेवेन्तोका लागि महत्वपूर्ण एक अंक दिलाएका गोलरक्षक ब्रिग्नोलीले आफू निकै खुशी रहेको र यो खुशी आफ्ना लागि मात्रै नभएर सबैका लागि रहेको बताएका छन् । २६ वर्षका ब्रिग्नोली युभेन्टसबाट लोनमा बेनेवेन्तो गएका हुन् । तर उनले युभेन्टसबाट एक खेल पनि खेलेका छैनन् italiyan 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७