सुरु भयो किराती समुदायको महान चाड उधौली (फोटोफिचर)


१७ मंसिर २०७४, आईतवार
kirati festival sakela udhauli nakhhipot 2074 साकेला उधाैली 5 1

काठमाडौं : किराती समुदायको महान् चाड साकेला उधौली, लिम्बुहरूले चासोक तङनाम, राईहरूले साकेला, याख्खाहरूले चासुवा र सुनुवारहरूले फोलस्याँदर आइतबारदेखि सुरु भएको छ । किराती समुदायको बसोबास रहेको  देशदेखि विदेशमा कम्तीमा १५ दिनेसम्म साकेला  मनाइनेछ ।

काठमाडौंमा बसोबास गर्ने किराती समुदायले हात्तीवनको किराँत माङहिम्मा (किरात धार्मिकस्थल) मा विधिवत् नयाँ अन्न धान, अदुवा, मर्चा, पानीलगायत मुन्धुविधिअनुसार पूजाआजा गरी उधौली चाड मनाउन सुरु गरेका छन् । भने पूर्वी पहाडी जिल्लाहरूमा साकेला थानमा पूजा गरी सुरु भयो ।  राई र सुनुवारले हात्तिवनमा पूजा गरी ललितपुरको नख्खिपोटमा कार्यक्रम गरी सामूहिक शिली नाचेका छन् ।

किरात राई यायोख्खा ललितपुर जिल्लाको आयोजनामा यस क्षेत्रको राई र सुनुवारहरुले शिली नाचेका हुन् । कार्यक्रम किरात राई यायोख्खाको कार्यबाहक अध्यक्ष दिवस राईले साकेला उधौली शुभकामना दिँदै साकेला पुर्खाहरू सिकाएका कुराहरूको शिलिको रूपमा प्रस्तुत गरिआए बताए । उनले कृर्षि युगबाट आजको युग सुरु गरेको ठाउँबाट पूजा गरी पुर्खाबाट सिक्दै आएका कुरालाई साकेला उधौलीको रूपमा निरन्तरता दिएको बताए ।

उधौली पर्व मानिस, जनावर तथा चराचुरुङ्गी लेकतिरबाट बेसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली भित्र्याइएको खुसीयालीमा मनाउने गरिन्छ । साकेला पर्वको अवसरमा परम्परागत भेषभूषामा सजिएका दाजुभाइ, दिदिबहिनी, बुवाआमा, इष्टमित्र भेला भएर गोलो घेरामा ढोल बजाउँदै साकेला नाच्ने गरिन्छ । सरकारले यो चाड मनाउन मंसिरे पुर्णीमा र वैशाखेपूर्णिमाकिरात चाडकै रूपमा घोषणा गरी सार्वजनिक बिदा दिदैँ आएको छ ।kirati festival sakela udhauli nakhhipot 2074 साकेला उधाैली 5

kirati festival sakela udhauli nakhhipot 2074 साकेला उधाैली 1

kirati festival sakela udhauli nakhhipot 2074 साकेला उधाैली 2

kirati festival sakela udhauli nakhhipot 2074 साकेला उधाैली 3

kirati festival sakela udhauli nakhhipot 2074 साकेला उधाैली 4

kirati festival sakela udhauli nakhhipot 2074 साकेला उधाैली 7

kirati festival sakela udhauli nakhhipot 2074 साकेला उधाैली 9

kirati festival sakela udhauli nakhhipot 2074 साकेला उधाैली 10

kirati festival sakela udhauli nakhhipot 2074 साकेला उधाैली 11

kirati festival sakela udhauli nakhhipot 2074 साकेला उधाैली 12

kirati festival sakela udhauli nakhhipot 2074 साकेला उधाैली 13

kirati festival sakela udhauli nakhhipot 2074 साकेला उधाैली 14

kirati festival sakela udhauli nakhhipot 2074 साकेला उधाैली 15

kirati festival sakela udhauli nakhhipot 2074 साकेला उधाैली 16

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७