मीरा राईलाई एसियन स्काइरनिङ च्याम्पियनसिपको स्वर्ण पदक


१७ मंसिर २०७४, आईतवार
mira rai winner 1

एएफपी: अल्ट्राधावक मीरा राईले हङकङको एमएसआइजी लान्ताउ ५० एसियन स्काइरनिङ च्याम्पियनसीपको उपाधि हात पारेकी छन्। उनले दोस्रो स्थान ओगट्न सफल महिलाभन्दा एक घण्टा अगावै ५० किलोमिटर लामो दौड पूरा गर्दै स्वर्ण पदक हात पारेकी हुन्।

mira rai winner 1
तस्बिर: देबराज राई, हङकङ।

 महिलातर्फ जापानकै युकारी होसिनो र काओरी निवाले क्रमशः ७ घण्टा ५२ मिनेट र ८ घण्टा २ मिनेटमा सो दूरी तय गरेर दोस्रो र तेस्रो स्थान हासिल गरे। ‘यो निकै कठिन दौड थियो। धेरै उकालो र ओरालो गर्नुपर्ने थियो,’ २०१७ को नेसनल ज्योग्राफिक एडभन्चरर अफ दि इयर मीराले दौडपछि भनिन्। यो दौडमा जम्मा गरेर साढे ३ किलोमिटर उकालो चढ्नुपर्ने थियो।
उनले गर्मीका कारण आफू केही समय ढिला भएको पनि बताइन्। यसअघि मीरा नेपालको तुलनामा हङकङको पहाड सहज भएको पनि उनले बताएकी थिइन्।मीरालाई हङकङमा सबैभन्दा बढी समर्थन प्राप्त थियो। दौडअघि पनि उनले उपाधि जित्नेमा आफू विश्वस्त भएको बताएकी थिइन्।
उपाधि जितेपछि उनीसँग सेल्फी खिच्नेहरुको भीड लागेको थियो। लिगामेन्ट इन्जुरीका कारण केही समय विश्राम लिएकी मीरा अझै आफू सतप्रतिशत ठीक नभइसकेको बताउँछिन्। आगामी जनवरीमा हङकङमा हुने गोर्खा ट्रेलब्लेजरमा उनीसहित अन्य नेपाली धावक पनि सामेल हुनेछन्।
मीरा सन् २०१४ मा इटालीमा ५७, हङकङमा ५० किलोमिटरको एसियन च्याम्पियन र नर्वेमा ८० किलोमिटरको अल्ट्रा म्याराथन च्याम्पियन बनेकी थिइन् । राईले ‘नेशनल जोग्राफीले एड्भेन्चर अफ दि इयर २०१७ उपाधि पनि जितिसकेका हुन्  ।
पुरुषतर्फ भने स्पेनका क्रिष्टोफर क्लिमेन्ट विजेता बने। क्लिमेन्टले ५ घण्टा ४९ मिनेटमा दूरी पूरा गरे भने राईले ६ घण्टा ५० मिनेटमा सो दूरी पार गरिन्। त्यसबाहेक सो प्रतियोगितामा सम्पूर्ण पदक जापानी धावकहरुले हात पारे।पुरुषतर्फ मियुरा उइची र काजुआकी होसिनो क्रमशः दोस्रो र तेस्रो भए। मियुराले ६ घण्टा २ मिनेट र होसिनोले ६ घण्टा ३९ मिनेटमा सो दूरी पार गरे।

mira rai 6 1

mira rai 4

get img

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७