शरदकुमार गौचन हत्याका मुख्य आरोपी समिरमान बस्नेत पक्राउ


१७ मंसिर २०७४, आईतवार
gauchan haitira

काठमाडौं: निर्माण व्यवसायी शरदकुमार गौचनको हत्याका प्रमुख योजनाकार समिरमान सिंह बस्नेतलाई प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले भारतमा पक्राउ गरेको छ ।gauchan haitira

ब्यूरोका प्रमुख डीआईजी पुष्कार कार्कीले मुख्य योजनाकार बस्नेत पक्राउ परेको पुष्टी गर्दै थप जानकारी पत्रकार सम्मेलन मार्फत अहिले २ बजे सार्वजनिक गर्ने बताए । यसअघि नेपाल प्रहरीले मुख्य सुटरसहित ५ जनालाई हत्याकाण्डको ३७ दिनपछि पक्राउ गरी सार्वजनिक गरेको थियो । असोज २३ गते शान्तिनगरस्थित घरबाट निस्केका गौचनलाई दिउँसो पौने ३ बजे मोटरसाइकलमा आएका दुई युवाले गाडी भित्रै गोली हानेका थिए । आपराधिक समूहले सबै निर्माण व्यवसायीबाट फिरौती रकम उठाएर आफूलाई बुझाउन दिएको धम्कीयुक्त आदेश नमानेपछि उनीमाथि गोली प्रहार भएको प्रहरीले निष्कर्ष निकालेको छ ।

प्रहरीले मुख्य सुटर नुवाकोट पञ्चकन्या गाउँपालिका १ घर भएका २१ वर्षीय राजीव स्याङतान, हतियार र मोटरसाइकलको व्यवस्थापन गर्ने पर्सा कालिकामाई गाउँपालिका १ घर भएका शिवजी महतो, हतियार व्यवस्थापन गर्ने काममा खटिएका विहार भारतका मुकेशकुमार पाण्डे, मोटरसाइकल व्यवस्थापन गर्ने पर्सा ठोरी गाउँपालिका ५ का सन्तोष गुरुङ र सहयोगी भूमिका निर्वाह गरेका काठमाडौं नागार्जुन नगरपालिका ४ का प्रकाश बुढाथोकीलाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७