कांग्रेसले हार स्वीकार गरिसक्यो : माधव नेपाल


१७ मंसिर २०७४, आईतवार
madhav nepal

काठमाडौं: एमाले वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले दोस्रो चरणको निर्वाचन अघि नै कांग्रेसले पराजय स्वीकार गरिसकेको बताएको छ ।

madhav nepal
प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालको मिडिया डेस्कद्वारा आईतबार आयोजित अन्तरक्रिया कार्यक्रममा कांग्रेसले हार स्वीकार गरेकै कारण जनताबीच एजेण्डाभन्दा वाम गठबन्धनविरुद्ध कू–प्रचार बढी गरिरहेको दाबी गरे । ‘जनता वाम गठबन्धनलाई बहुमत दिएर जिताउन आतुर देखिएपछि अत्तालिएर कांग्रेस भ्रमपूर्ण कू-प्रचारमा लागेको छ, जनताको बीचमा आफ्ना एजेण्डा नभएपछि पहिले–पहिले जस्तै कम्युनिष्ट सरकार आए बुढाबुढी मार्न खाल्डो खन्छ भनिरहेका छन्, नेपालले भने,‘त्यसैले कांग्रेसले दोस्रो चरणको चुनाव अगावै पराजय स्वीकार गरिसकेको छ ।’

तर ०४६ पछि तिन पटक बहुमत दिँदा पनि देश सम्हाल्न नसक्ने कांग्रेसलाई किन मत दिने प्रश्न गरिरहेको भन्दै नेपाललेजनता यस पटक वाम गठबन्धनलाई बहुमत दिएर जिताउन आँतुर बनिरहेको दाबी पनि गरे । नेपालले पहिलो चरणको निर्वाचनले वाम गठबन्धनले प्रष्ट बहुमत ल्याउने संकेत देखिएको पनि बताए । ‘बिहानीले दिउँसोको संकेत गरे जस्तै पहिलो चरणको निर्वाचनले वामपन्थीको पक्षमा जनलहर देखिएको छ, अब देशमा बहुमतसहितको सरकार बन्छ नेपालले भने ।
उनले भ्रष्ट्राचार र ढिलासुस्तीको अन्त्य, कानुनी शासनको प्रत्याभूति, विकासको अभियान तीब्र बनाएर रोजगारीको अवसर सिर्जना गर्न तथा सुःखी नेपाली र समृद्ध नेपालको नारा साकार पार्न जनताले वाम गठबन्धनलाई जिताएर बहुमतको सरकार बनाउनुपर्ने बताए ।
विकासमा राष्ट्रिय पुजीसँगै विदेशी पुँजी परिचालन गर्छौ
नेपालले देशको समृद्धिका लागि वाम गठबन्धन राष्ट्रिय पुजीसँगै विदेशी पुजीलाई परिचालन गर्ने पक्षमा रहेको प्रष्ट पार्दै विदेशी पुजीलाई निषेध गर्छ भन्ने कांग्रेसको भ्रमपूर्ण प्रचारमा नपर्न लगानीकर्ताहरुलाई आग्रह पनि गरे। ‘हाामी अहिलेको खुल्ला बजारमा प्रतिस्पर्धालाई स्थापित गर्न चाहान्छौं, त्यस्तै जनशक्ति पनि उत्पादन गर्न चाहान्छौं, नेपालले भने,‘लगानीका लागि राष्ट्रिय पुजी अभाव भयो भने विदेशी पुजी परिचालनको पनि स्वागत गर्नेछौं ।’

तालमेलमा कांग्रेसको खुवी देखियो
नेपालले एमाले र माओवादी केन्द्रको चुनावी तालमेलले चुनावलगत्तै एकीकरणको रुप लिने पनि प्रष्ट पारे । ‘हामीले एकीकरणसमेत गर्नेगरी चुनावी तालमेल ग¥यौं, तर कांग्रेसले गरेको तालमेलको प्रयास देशैभर असफल भयो, नेपालले भने,‘यसबाट कांग्रेस पार्टीको खुबी र क्षमता प्रष्ट भएको छ ।’

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७