धुर्मुस–सुन्तलीको प्रेम गीतमा राजेश पायल राई र अन्जु पन्तको स्वर (भिडियोसहित)


१५ मंसिर २०७४, शुक्रबार
Rajesh Payal Rai and Anju Panta durmush suntali

काठमाडौं : नेपालका चर्चित तथा अन्तराट्रिय गायकको उपाधि समेत पाएका ‘राई इज किङ’ अर्थात् गायक राजेश पायल राई  र चर्चित गायिका अन्जु पन्तले धुर्मुस–सुन्तलीको प्रेम गीतमा स्वर दिएका छन् । नेपाली हाँस्यब्यङ्ग्य क्षेत्रका कलाकार तथा सामाजिक अभियान्ता सिताराम कट्टेल र कुन्जना घिमिरे ( धुर्मुस सुन्तली) को दसौँ वैवाहिक जीवनमा प्रवेश गरेको अवसरमा तयार पारेको म्युजिक भिडियोमा गायक राई र गायिका पन्तले ‘म जुन दिन देखी तिम्रो राजा बने तिमी बनेउ रानी’ बोलको गीतमा स्वर दिएका हुन् । Rajesh Payal Rai and Anju Panta durmush suntali
धुर्मुस सुन्तलीले आफ्नो १० औँ विवाहउत्सव धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको एकीकृत नमुना सन्तपुर बस्तीमा काम गरिरहेका कामदारहरु सँगै एनिभर्सरी मनाउँदै उक्त गीत सार्वजनिक गरेका छन् । गीतमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव समेत रहेका दिनेश थपलियाको शब्द र अर्जुन पोखरेलको सङ्गीत रहेको छ । धुर्मुस सुन्तलीको प्रेम सम्बन्ध बोलेको उक्त गीतमा धुर्मुस सुन्तलीनै फिचरिङ्ग छन् ।
पप्पा र नवराज उप्रेतीले खिचेको उक्त भिडियोमा हरिष निरौंला (कक्रोज)को कोरियोग्राफी रहेको छ। भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् भने धुर्मुस सुन्तली आफैँले निर्देशन गरेका हुन् । कतारमा समेत छांयाकन गरिएको उक्त भिडियोमा माया प्रेमको रोमान्स देखाईएको छ ।
एकिृत बस्ती निर्माण गरिरहेका धुर्मुस सून्तलीले दर्शकको अपेक्षा अनुसार यो भिडियो उपहार स्वरूप सार्वजनिक गरेका बताएका छन् ।  धुर्मुस सुन्तली २०६५ मङ्सिर १४ गते वैवाहिक जीवनमा प्रवेश गरेका थिए । मङ्सिर ४ गते आफ्नो दसौँ एनिभर्सरीको अवसरमा धुर्मुस सुन्तलीले ‘म जुन दिन देखी’ बोलको गीतको भिडियो रिलिज गरेका हुन् ।
उनीहरूले आफैले निर्माण गरिरहेको सन्तपुर बस्तीका झण्डैं २६१ कामदारहरुलाई लड्डु खुवाएर उनीहरूले एनिभर्सरी सेलिब्रेसन गरे । एनिभर्सरी मनाउँदै उनीहरूले उत्कृष्ट काम गर्ने कामदार र स्थानियहरुलाई पुरस्कार समेत दिएका छन् ।

एनिभर्सरी सेलिब्रेसनकाे तस्बिर :

dhurmus suntali marriage anniversary celebration santapur basti 05

dhurmus suntali marriage anniversary celebration santapur basti 07

धुर्मुस राजा सुन्तली रानी 5875

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७