अभिनेत्री लक्ष्मी रानाको निधन


१० आश्विन २०७४, मंगलवार
laxmi rana

काठमाडौं : फिल्म ‘मनकामना’ मार्फत सहअभिनेत्रीको रूपमा डेब्यु गरेकी अभिनेत्री लक्ष्मी रानाको मंलबार मृत्यु भएको छ । लामो समयदेखि दुवै मृगौलाले काम गर्न छाडेको कारण उपचारत थिइन् ।

laxmi rana
तस्बिरमा लक्ष्मि राना

नृत्याङ्गिनीको रूपमा परिचय बनाएकी उनी ११ वर्षदेखि मृगौलाको समस्याले पीडित थिइन्। उनको एक मृगौला सुकिसकेको र अर्कोले पनि ४० प्रतिशत मात्र काम गर्ने अवस्थामा पुगेको थियो। लामो समयदेखि मृगौलाको ‌औषधी सेवन गर्दै आएकी उनको उपचारका लागि विभिन्न सङ्घ संस्थाले आर्थिक सहयोग पुर्याउँदै आएको थियो। तर आर्थिक अभावमा उनले मृगौला प्रत्यारोपण भने गरेकी थिइनन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७