उदयपुर बम विष्फोटमा कांग्रेस उम्मेदवार कार्कीले हात र कटुवालले खुट्टा गुमाए


१३ मंसिर २०७४, बुधबार
1511950775267 NP KTM 20171129 IMG 0335 1 1
ad ljikmf]6sf 3fOt] lzIf0f c:ktfndf pbok’/sf] pbok’/u9L ufpFkflnsf– ^ sf] bg’jf/j];Ldf c1ft ;d”xn] a’waf/ ad ljikmf]6 u/fpFbf ePsf 3fOt]nfO{ pkrf/sf nflu x]lnsK6/af6 lqlj lzIf0f c:ktfndf NofO{Fb} . tl:a/ M gjLg kf}8]n, /f;;

उदयपुर: उदयपुरको एम्बुसमा परी घाइते भएका क्षेत्र नं २ बाट प्रतिनिधिसभामा नेपाली काग्रेसका उम्मेदवार नारायण कार्की र नेविसंघ जिल्ला अध्यक्ष मीरा कट्वाललाई उपचारार्थ काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।  घाइतेहरूकाे त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

1511950775267 NP KTM 20171129 IMG 0335 1 1
उदयपुरको उदयपुरगढी गाउँपालिका– ६ को दनुवारवेसीमा अज्ञात समूहले बुधबार बम विष्फोट गराउँदा भएका घाइतेलाई उपचारका लागि हेलिकप्टरबाट त्रिवि शिक्षण अस्पतालमा ल्याईँदै । तस्बिर: नवीन पौडेल, रासस

उदयपुरको कटारीबाट नेपालटारको आमसभातर्फ जाँदै गर्दा कार्की चडेको बा १५ च ७८०६ नम्बर गाडी एम्बुसमा परेको होे । नेपाली काग्रेस उदयपुरका नेता लबराज अधिकारीका अनुसार विष्फोट हुँदा गाडीकरिब १० मिटर माथिसम्म उफ्रिएको थियो । गाडी क्षतिगस्त बनेको छ ।

घटनामा परी उम्मेदवार कार्की र नेबिसंघ जिल्ला सदस्य मीरा कटुवाल गम्भीर घाइते भएको थियो । कार्कीको हातको औला चुडिएको छ, अनुहार र खुट्टामा गहीरो चोट लागेको छ । मिरा कट्वालको खुट्टा चुडिएको छ ।

 विद्युतीय धरापमा परी उम्मेदवारसहित ४ जना गम्भीर र दुई सामान्य घाइतेलाई उपचारका लागि काठमाडौं नेपाली सेनाको हेलीकोप्टरबाट ल्याइएको छ। उनीहरुको हेलिकप्टरबाट ल्याएर त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

1511950757816 NP KTM 20171129 IMG 0338

उनीहरुको अहिले महाराजगञ्‍ज शिक्षण अस्पतालको आकस्मिक सेवामा उपचार भइरहेको छ। उदयपुर २ नम्बर निर्वाचन क्षेत्रका उम्मेदवार नारायणबहादुर कार्की, कांग्रेस कार्यकर्ता, धनमाया सार्की र गाडी ड्राइभर राजन कार्की प्रहरी जवान कालिदास श्रेष्ठ गम्भीर घाइते भएका छन्।त्यस्तै धरापमा पत्रकार नवराज पौडेल र कांग्रेस कार्यकर्ता मीरा कटुवाललाई पनि उपचार भइरहेको छ।

सामान्य घाइते भएका दुइ जना सुरक्षाकर्मी र चालकको स्थानीय अस्पतालमा उपचार भैरहेको छ । त्यही गाडीमा रहेका अन्य दुइ जना भने सामान्य अबस्थामा रहेको अधिकारीले बताएका छन् ।

उदयपुर रिस्कु ४ मा ७१ वर्षअघि बाबु नरबम र आमा नरमायाको कोखबाट जन्मिएका नारायणबहादुर कार्की राजनीतिमा निरन्तर क्रियाशील हुनुहुन्छ शिक्षाशास्त्र शङ्कायमा स्नातक गरेका कार्की २०४५सालदेखि राजनीतिमा सक्रिय भएर भएको हो ।पञ्चायतकालमा २० दिन जेल जीवन बिताएका कार्की २०७० सालको संविधानसभा निर्वाचनमा नेपाली काङ्ग्रेस उदयपुरबाट प्रत्यक्ष निर्वाचित सांसद हाे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७