कांग्रेस उम्मेदवारलाई लक्षित गरी बम प्रहार, उम्मेदवारसहित ४ घाइते


१३ मंसिर २०७४, बुधबार
socket bomb

काठमाडौं: उदयपुरको गढी गाउँपालिका-६ मा कांग्रेस उम्मेदवारलाई लक्षित गरी अज्ञात समूहबाट बम प्रहार भएका छ ।उदयपुरगढी नगरपालिका(६ मा बम विस्फोट हुँदा उदयपुर क्षेत्र नं.२ का कांग्रेस उम्मेदवार नारायणबहादुर कार्की गम्भीर घाइते भएको प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठले जानकारी दिए ।socket bomb

प्रमुख जिल्ला अधिकारी श्रेष्ठका अनुसार बम विस्फोटमा परी राजन कार्की, धनमाया धौलाकोटी र निरा कटुवाल घाइते भएका छन् । घाइते सबै कांग्रेस कार्यकर्ता भएको बुझिएको छ ।

बम विस्फोट लगत्तै उद्धारका लागि प्रहरी टोली घटनास्थल पुगेको र उद्धार गरी घाइते भएका उम्मेदवार कार्कीलार्इ हेलिकोप्टरबाट सिधै काठमाडौं पठाइने प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जानकारी दिए । चुनावी प्रचार अभियानमा रहेका कार्कीलाई कसले बम प्रहार गर्यो भन्नेबारे केही पनि खुलेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७