त्रिभुवन विश्वविद्यालयमा अब कागजविहीन प्रशासन


१३ मंसिर २०७४, बुधबार
Tribhuwan University TU Photos 8

 

काठमाडौं: त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अब ‘कागजविहीन प्रशासन’ चलाउने भएको छ । विश्वविद्यालयका उपकुलपति तीर्थराज खनियाले मंगलबार कीर्तिपुरस्थित विश्वविद्यालय हातामा निर्मित सूचना प्रविधि केन्द्र भवन उदघाटनसँगै ‘कागजविहीन प्रशासन’ को घोषणा गरेको हो ।Tribhuwan University TU Photos 8

२०७२ को भूकम्पले त्रिविको अधिकांश भवन क्षतिग्रस्त भएका थिए । त्यसपछि निर्माण गरिएको यो दोस्रो भवन हो । केही महिनाअघि त्रिविको कीर्तिपुर हातामै उत्तरपुस्तिका परीक्षण केन्द्र भवन उदघाटन भइसकेको छ ।

त्रिवि केन्द्रदेखि दुर्गम गाउँसम्म विद्युतीय नेटवर्क विस्तार गर्ने र त्यसअनुसार सबैखाले प्रशासनिक काम कारवाही सूचना प्रविधिमैत्री बनाउने जनाइएको छ ।यो समचार कान्तिपुरबाट छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७