नयाँशक्तिका तथा पूर्वएआइजी गणेशराज राईले नयाँ पार्टी छाडे


१२ मंसिर २०७४, मंगलवार
Ganesh Rai

काठमाडौं : नयाँशक्ति पार्टीका नेता तथगा पूर्वएआइजी गणेशराज राईले पार्टी परित्याग गरेका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै राईले नयाँ शक्ति पार्टीबाट राजीनामा दिएर परित्याग गरेको घोषणा गरेका हुन् ।Ganesh Rai
विज्ञप्तिमा भनेका छन्, ‘अपेक्षा तथा यथार्थतामा जमीन र आकाशको फरक हुँदो रहेछ । नयाँशक्ति पार्टीमा विधिको शासन हुनुपर्छ, नेताहरु पनि प्रणालीमा चल्नुपर्छ । अनुशासन र निष्ठा नेतृत्वका गुणमा हुनुपर्छ भन्ने मान्यता जति गर्दा पनि स्थापित गर्न सकिएन, त्यसैले मैले आफूलाई राजनीतिबाट अलग राख्ने निर्णय लिएको छु ।’
पूर्वएआइजी राईले ट्राफिक प्रहरी प्रमुख भएका बेला काठमाडौंको सडक विस्तारमा महत्वपूर्ण भूमिका खेलेका उनले राजनीतिबाट अलग भएको बताएका छन् । तर उनले राजनीति छोडेपनि नागरिकका रुपमा देशका लागि आफुले भूमिका खेल्ने राईको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७