सिमकोटमा तारा एयरको विमान दुर्घटना, पाइलटसहित ५ घाइते


१२ मंसिर २०७४, मंगलवार
23916012 1924292074560676 6738276426614117116 n

काठमाडौं : हुम्लाको सिमकोट विमानस्थलको धावनमार्गमा तारा एयरको विमान दुर्घटना भएको छ ।मंगलबार बिहान सुर्खेत उड्ने तयारी गर्दै गर्दा अगाडिको टायर पञ्चर भएपछि विमान दुर्घटना भएको हो ।23916012 1924292074560676 6738276426614117116 n

 

 जिल्ला प्रहरी कार्यालय हुम्ला अनुसार दुर्घटनामा परी पाइलटसहित पाँचजना घाइते भएको  जनाएको छ।  घाइतेमध्ये तीन जना चुनाव सकेर फर्किँदै गरेका प्रहरी छन् । दुर्इ जना विमानकै स्टाफ रहेको जानकारी हुम्लाका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले दिए ।
घाइतेहरूको हुम्लाकै सिमकोटमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी बास्कोटाले जानकारी दिए । अस्पतालका अनुसार घाइतेहरूको अवस्था सामान्य छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७