विश्व क्रिकेट लिगका लागि नेपाली टोलीको घोषणा


११ मंसिर २०७४, सोमबार
विश्व क्रिकेट लिगका लागि नेपाली टोलीको घोषणा2020

काठमाडौँ: विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध दुई खेलका लाागि पारस खड्काको कप्तानीमा १८ सदस्यीय नेपाली टोली घोषणा गरिएको छ।विश्व क्रिकेट लिगका लागि नेपाली टोलीको घोषणा2020

यही मंसिर २० र २२ गते युएईको अबुधावीस्थित शेख जायेद रंगशालामा हुने खेलका लागि चार वैकल्पिक खेलाडीसहित १८ सदस्ययी टोलीको घोषणा गरिएको हो। आइसिसी प्रतिनिधि अमिनुल इस्लाम, राष्ट्रिय टिमका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का सम्मिलित छनोट समितिले उक्त खेलाडी छनोट गरेको हो।

छनोट हुनेमा नेपाली टोली कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, वसन्त रेग्मी, सागर पुन, करण केसी, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, शक्ति गौचन, विनोद भण्डारी र सन्दीप लामिछाने छन्।

त्यसैगरी आरिफ शेख, ललितसिंह भण्डारी, तथा दिलीप नाथ छनोटमा परेका छन् भने यता वैकल्पिकतर्फ जितेन्द्र मुखिया, अनिलकुमार शाह, सिद्धान्त लोहनी तथा कुशल भुर्तेल छन्।

उक्त टोली यही मंसिर १३ गते युएई जाने नेपाली टोलीका व्यवस्थापक एंव टेक्निकल एलानिस्ट रमन शिवाकोटीले जानकारी दिए । त्यहाँ नेपालले अमेरिका र केन्यासँग अभ्यास खेल खेल्नेछ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७