टेलिकमले भने ‘०१२३४५६ र १२३४५६’ नम्बरको फोन नउठाउनूस्, ठगिनुहोला ?


१० मंसिर २०७४, आईतवार
NT Building copy 31122016090531

काठमाडौं: नेपाल टेलिकमले साधारण फोन नम्बरसँग नमिल्ने अपरिरिचत नम्बरबाट आएका कल नउठाउन अनुरोध गरेको छ ।NT Building copy 31122016090531

पछिल्लो समयमा ०१२३४५६, १२३४५६ लगायतका अपरिचित नम्बरबाट कल गरेर ठग्ने क्रम तीव्र भएपछि टेलिकमले त्यस्ता नम्बरको कल नउठाउन आग्रह गरेको छ ।

टेलिकमले आफ्ना ग्राहकको नम्बरमै एसएमएस पठाएर सचेत रहन भनेको भनेको हो । टेलिकमकी प्रवक्ता प्रतिभा वैक्षले त्यस्ता नम्बरबाट चिठ्ठा परेको भन्दै फ्रड कल आउने क्रम बढेपछि ग्राहकलाई सचेत गराइएको बताइन् ।

‘चिठ्ठा परेको प्रलोभनमा पारे नमिल्दा किसिमका नम्बरबाट कल गर्ने र ठग्ने क्रम बढेपछि नेपाल दूरसञ्चार प्राधिकरण्को अनुरोधमा यसो गरिएको हो,’ वैद्यले भनिन् ।उनले यस्ता फोनहरु कुन रुटबाट आइरेका छन् भन्ने अनुसनधान भइरहेको र पटक(पटक एउटै नम्बर प्रयोग गरेर ठगी गर्ने नम्बरलाई ब्लक गर्ने काम पनि सुरु भएको बताइन् ।

विभिन्न आपराधिक गिरोहले फोनमा चिठ्ठा परेको भन्दै कल गर्ने क्रम बढेको छ । उनीहरुले बैंक्मा पैसा पठाउन लगाउने र ठग्ने गरेको टेलिकमले बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७