सलमान र ऐश्वर्याको टक्कर


१० मंसिर २०७४, आईतवार
1 1511599763 y3GQXZtV19

मुम्बई: सलमान खान र ऐश्वर्या राय बच्चनका फ्यान दुबैलाई एकसाथ देख्न चाहन्छन् । यी दुबै एकै चलचित्रमा कहिले देखिने हुन्, यसको भने अहिले टुङ्गो छैन । तर यी दुबै एक अर्कोलाई टक्कर दिँदै एकसाथ भिड्ने भएका छन् ।1 1511599763 y3GQXZtV19

सन् २०१८को इदमा यी दुबैको चलचित्र बिच बक्सअफिसमा लडाइ हुने पक्क भएको छ । यही मिति रिलिजका लागि सलमानले चलचित्र ‘रेस ३’को सुटिङ सुरु गरिसकेका छन् । निर्माण युनिटले दिएको जानकारी अनुसार यो चलचित्र आउँदो बर्षको इदमा नै रिलिज हुनेछ ।

सलमानकी एक्सगर्लफ्रेण्ड समेत रहेकी ऐश्वर्याको चलचित्र ‘फन्ने खा’ पनि इदमै रिलिज हुने ट्वीट मार्फत सार्वजनिक गरिएको छ ।‘भाइ कहिले पनि टेन्सन लिदैनन्, उनको चलचित्रले कति कलेक्स गर्यो । कसरी कलेक्स गरिरहेको छ’ सलमानका नजिकका एक ब्यक्तिले भने ‘तर यस पटक डर भएको छ । ऐश्वर्यासँग फिल्म जुध्यो भने नाम पनि जोडीएर आउँछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७